सोमबार , अषोज २६, २०८३

पर्यटकका लागि आकर्षक गन्तव्य नेपालको प्राकृतिक सौन्दर्य र संस्कृतिले बेला-बखत विदेशी फिल्मकर्मीलाई पनि आकर्षित गर्दै आएको छ। नेपालका विभिन्न ठाउँमा बलिउडदेखि हलिउड निर्देशकले वृत्तचित्र र फिचर फिल्म छायांकन गरेका छन्।

बलिउडका हरे रामा हरे कृष्णा, जोनी मेरा नाम, महान, युद्ध, घरवाली बहारवाली, खुदा गवाह, लभ इन नेपाल, बेकाबुलगायत फिल्म नेपालमा छायांकन भएका छन्। यो सूचीमा विदेशी भाषााका द गोल्डेन चाइल्ड, सेभेन इयर्स इन तिब्बत, एभरेस्ट- द कन्क्वेस्ट अफ एभरेस्ट, बारालगायत अन्य थुप्रै वृत्तचित्र र फिचर फिल्म थप्न सकिन्छ।
पछिल्लो समय नेपालमा अर्को बलिउड फिल्म छायांकन हुने खबरले भारतीय मिडियामा विशेष स्थान पाएको छ। चर्चा हो, बलिउडका चर्चित निर्देशक सुरज बडजात्याको आगामी फिल्म ‘उचाइँ’को। मैने प्यार किया, हम आपके है कौन, प्रेम रतन धन पायो जस्ता चर्चित फिल्मका निर्देशकको यो फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, परिनीति चोपडा, नीना गुप्ता, बोमन इरानीजस्ता कलाकार मुख्य भूमिकामा भएकोले पनि यस फिल्मको छायांकनको विषयले महत्व पाएको हो।

‘उचाइँ’ आगामी अक्टोबर ५ देखि छायांकन हुने गरी तयारी भइरहेको छ। फिल्म टोलीले यसअघि नै नेपालका लुक्ला, नाम्चेजस्ता अग्ला लोकेसन हेरिसकेको बताइएको छ। निर्देशक बडजात्या मुस्ताङमा सुटिङ हुने लोकेसन अवलोकनका लागि नेपालसमेत आउने खबर छ।

‘उचाइँ’ फिल्म क्रुले नेपालमा करिब एक महिना छायांकन गर्ने जनाइएको छ। फिल्मका मुख्य कलाकारहरु छायांकनका लागि नेपाल आए पनि स्वास्थ्यका कारण अभिनेता अमिताभ नेपाल आउने नआउनेबारे अनिश्चित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP