शुक्रबार , बैसाख ५, २०८२

पर्यटकका लागि आकर्षक गन्तव्य नेपालको प्राकृतिक सौन्दर्य र संस्कृतिले बेला-बखत विदेशी फिल्मकर्मीलाई पनि आकर्षित गर्दै आएको छ। नेपालका विभिन्न ठाउँमा बलिउडदेखि हलिउड निर्देशकले वृत्तचित्र र फिचर फिल्म छायांकन गरेका छन्।

बलिउडका हरे रामा हरे कृष्णा, जोनी मेरा नाम, महान, युद्ध, घरवाली बहारवाली, खुदा गवाह, लभ इन नेपाल, बेकाबुलगायत फिल्म नेपालमा छायांकन भएका छन्। यो सूचीमा विदेशी भाषााका द गोल्डेन चाइल्ड, सेभेन इयर्स इन तिब्बत, एभरेस्ट- द कन्क्वेस्ट अफ एभरेस्ट, बारालगायत अन्य थुप्रै वृत्तचित्र र फिचर फिल्म थप्न सकिन्छ।
पछिल्लो समय नेपालमा अर्को बलिउड फिल्म छायांकन हुने खबरले भारतीय मिडियामा विशेष स्थान पाएको छ। चर्चा हो, बलिउडका चर्चित निर्देशक सुरज बडजात्याको आगामी फिल्म ‘उचाइँ’को। मैने प्यार किया, हम आपके है कौन, प्रेम रतन धन पायो जस्ता चर्चित फिल्मका निर्देशकको यो फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, परिनीति चोपडा, नीना गुप्ता, बोमन इरानीजस्ता कलाकार मुख्य भूमिकामा भएकोले पनि यस फिल्मको छायांकनको विषयले महत्व पाएको हो।

‘उचाइँ’ आगामी अक्टोबर ५ देखि छायांकन हुने गरी तयारी भइरहेको छ। फिल्म टोलीले यसअघि नै नेपालका लुक्ला, नाम्चेजस्ता अग्ला लोकेसन हेरिसकेको बताइएको छ। निर्देशक बडजात्या मुस्ताङमा सुटिङ हुने लोकेसन अवलोकनका लागि नेपालसमेत आउने खबर छ।

‘उचाइँ’ फिल्म क्रुले नेपालमा करिब एक महिना छायांकन गर्ने जनाइएको छ। फिल्मका मुख्य कलाकारहरु छायांकनका लागि नेपाल आए पनि स्वास्थ्यका कारण अभिनेता अमिताभ नेपाल आउने नआउनेबारे अनिश्चित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP