मंगलबार , बैसाख २९, २०८३

पशुपतिनाथ मन्दिरसहित पाशुपत क्षेत्र व्यवस्थापनको जिम्मा पाएको ‘पशुपति क्षेत्र विकास कोष’भित्र बेथितिको चाङ थपिदै गएको छ । आफ्ना सम्पदा-सम्पत्तिको संरक्षण गर्न नसकिरहेको कोष उल्टै देवस्व हिनामिनामा लागेको देखिएको छ ।

पशुपति क्षेत्र विकास कोषले आफ्ना सम्पत्ति भाडामा लगाउँदा मिलेमतो गरेको तथ्य महालेखा परीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदनले पनि औंल्याएको छ ।अपारदर्शी र अनियमित तवरले विभिन्न खरिद गर्दा कोषमाथि ठूलो अतिरिक्त व्ययभार परेको छ । कोषले मन्दिर सजावट गर्न र शवदाह मेसिन किन्न गरेका ठेक्कामा मिलेमतो गरेको देखिएको छ । त्यसबाहेक उठाउन पर्ने भाडा नउठाउनेदेखि मन्दिरका मूर्तिमा लगाइएका सुनको संरक्षणमा ध्यान नदिनेसम्मका प्रवृत्तिले कोषभित्रको कुशासन प्रष्ट पारेको छ ।

मूर्तिबाट १७३ तोला सुन गायब

पाशुपत क्षेत्रको गुह्यश्वेरी मन्दिरभित्रका मूर्तिहरुबाट सुन गायब भएको पाइएको छ । २०५७ सालमा अष्टदल र भैरवको मूर्तिमा राखिएको ७१३ तोला सुन र १३३.३९४ किलो चाँदीको ‘मोलम्बा’मा प्वाल परेको जानकारी २०६७ भदौ ५ गते नै पाए पनि कोषले आर्थिक वर्ष २०७५/०७६ मा आएर मात्र मर्मतको काम सुरु गर्‍यो ।

अहिले ती दुई मूर्तिबाट १७३.५ तोला सुन ‘क्षय भएको’ कोषले बताएको छ । कोषले तयार पारेको मुचुल्का अनुसार फूल, रंग र अक्षताका कारण ‘खियावट भएर’ त्यतिका सुन हराएको हो । खियाले नै सकेको भएपनि मुलतः कोषको लापरबाहीका कारण ती मूर्तिबाट हालको मूल्य अनुसार १ करोड ५७ लाख ८९ हजार रुपैयाँको सुन क्षयीकरण भएको छ ।

कोषले मर्मतका लागि किनेको सुन-चाँदीको परीक्षण पनि गरेेन । सुन र चाँदीबाट मूर्ति मर्मत गर्न प्रतिस्पर्धा पनि नगराई एउटा निजी कम्पनीलाई जिम्मा दिएको छ । मर्मत सम्भार गर्दा गालेको सुन-चाँदी पत्रु कोषमा पेस गर्ने र उक्त पत्रुको परिणाम यकिन गरेर सदस्य सचिवको निर्णयबाट नष्ट गर्ने उल्लेख भए पनि कार्यान्वयन भएको छैन ।

‘खियावटबाट भएको नोक्सानी, खिया लाग्दा निस्केको अवशेषको टुक्रा, पत्रुको स्थिति यकिन गरेर आगामी दिनमा पुनः यस्तो समस्या नआउने गरी अष्टदल तथा भैरवको मूर्ति प्रतिस्थापन कार्य सम्पन्न गर्नुपर्छ,’ महालेखा परीक्षककको कार्यालयले आफ्नो प्रतिवेदनमा भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP