मंगलबार , असार २३, २०८३

लाखौँ रुपैयाँ खर्च गरेपनि पनि अमेरिका जान धेरै नेपालीले मरिहत्ते गर्छन् । त्यसमाथी डिभी परेर जान पाउनु ठूलो भाग्य सम्झन्छन् ।
तर भाग्यले साथ दिएर इडिभी ‘यूएस डाइभर्सिटी भिसा’–२०२० को नतिजामा नाम निस्किएका ६ जना नेपालीलाई भने कर्मले धोका दिँदा प्रहरी खोरमा पुग्नु परेको छ ।

भाग्यले डिभी चिठ्ठा परेपनि आफ्नो कर्मको कारण दश जोड दुई पास नगरेका कारण नक्कली सर्टिपिकट बनाएका ६ जना युवालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले भिसा प्रक्रियाका लागि नक्कली सर्टिफिकेट पेश गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा पाल्पा घर भएका सुमितरत्न गुभाजु, मोरङका अमरबहादुर कटुवाल, नवलपरासी घर भएका नरेश केसी, लक्ष्मण पाठक, काभ्रे घर भएका दिप विष्ट र काठमाडौंका सोहिली शाही छन्।

आरोपीहरुले उच्च माध्यमिक शिक्षा परिषद्बाट जारी हुने शैक्षिक प्रमाणपत्र नक्कली बनाएको अनुसन्धानबाट थाहा भएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले बताए । भिसा प्रक्रियाका लागी आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका व्यक्तिहरुले भिसा प्रयोजनका नक्कली प्रमाणपत्र पेश गरेको सुचना प्रहरीले दूतावासले नै दिएको थियो ।

आरोपीहरुलाई महाराजगञ्जस्थित अमेरिकी दूतावास र काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । मुलुकी अपराध संहिता–२०७४ अनुसार लिखत सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको एसएसपी खापुङ्गले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP