शनिबार , बैसाख ६, २०८२

नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा आइतबार अपराह्न भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो ।

भारतको जितका लागि कप्तान सुनिल क्षेत्री र फारुख चौधरीले गोल गरेका हुन् । नेपालमा तेज तामाङले जवाफी एक गोल फर्काए ।निकै नै प्रतिस्पर्धात्मक खेलमा नेपाली खेलाडीहरुले राम्रा अवसर प्राप्त गरे पनि गोल गर्न सकेनन् । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा भारत लयमा फर्किएको थियो ।

खेलको ६१ औँ मिनेटमा परिवर्तित खेलाडी फारुख चौधरीले गोल गर्दै भारतलाई १-० को अग्रता दिलाएका थिए । त्यसैगरी खेलको ८० औँ मिनेट भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाएका थिए ।

खेलको ८६ औँ मिनेटमा नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे । योसँगै नेपाल २-१ गोल अन्तरले पराजित भएको हो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपालले घरेलु मैदानमा भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको हो । गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP