आइतबार , भाद्र १४, २०८३

सरकारले अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई कार्यान्वयनका लागि संसदबाट पारित गर्न प्रक्रिया बढाउँदै छ । प्रतिनिधि सभाको २३ भदौका लागि आव्हान गरिएको बैठक एमसीसी पारित गर्ने उद्देश्ये भएको चर्चा चलिसकेको छ ।एमसीसीका अधिकारीहरु नेपाल भ्रमणमा आउँदैछन् । सरकारले एमसीसीका कतिपय बुँदाबारे संशोधनको प्रयास पनि थालेका छन् । यो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको माग पनि हो ।

एमसीसी संशोधनको प्रचण्ड र माधव नेपालको माग समेतलाई सम्बोधन गरेर पारितका लागि अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास थालेका हुन् । उनी एमसीसी पारित गर्ने पक्षमा थिए । देउवाकै पालामा एमसीसी सम्झौता भएको थियो । उनकै पालामा कार्यान्वयनको पहल चलेको छ ।

सत्ता गठबन्धनका मुख्य घटकहरुलाई एमसीसीमा सहमतिमा ल्याउने प्रयास समेत चलेको छ । एमसीसीमा गठबन्धनभित्र सहमति होस् भन्ने चाहना सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक रुपमै बोलेर गरिसकेका छन् ।

एमसीसीको विरोधमा प्रचण्ड र माधव नेपालले पनि बोलेका छैनन् । पछिल्लो समयमा उनीहरुको एमसीसीप्रतिको लचकता मानिएको छ । माधव नेपालले संशोधनसहित पारित गर्न सकिने बताएका छन् । यसबाट गठबन्धनका केही घटकको माग सम्बोधन गरेर सशोधनको प्रयास चलेको छ ।

एमसीसीबारे देउवा, प्रचण्ड र माधव नेपालबीच एक खालको सहमति भइसकेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP