बिहिबार , बैसाख ११, २०८२

नेपाली कांग्रेसले १४ औं महाधिवेशन गर्न अहिले धमाधम वडा अधिवेशन गर्दैछ।

 भदौ १८ गतेदेखि देशका विभिन्न जिल्लाभित्रका वडामा कांग्रेसका अधिवेशन भइरहेका छन्। अहिलेसम्म करिब ६० जिल्लाका विभिन्न वडामा अधिवेशन सकिएका छन्।वडा अधिवेशनबाट वडा सभापतिसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुन्छन्। ती क्षेत्रीय प्रतिनिधिहरू र वडा सभापति भदौ २७ मा हुने गाउँपालिका र नगरपालिका अधिवेशनका मतदाता हुन्।

वडामा खुला र समावेशी जुन समूहबाट छानिएको भए पनि कांग्रेसका प्रतिनिधिले माथिल्लो तहमा जुनसुकै उम्मेदवार हुन पाउँछन्।

कांग्रेसको निर्वाचन निर्देशिकाको विविधअन्तर्गत (ड) बुँदामा लेखिएको छ, ‘समावेशी वा खुला समूहमध्ये जुनसुकै समूहबाट छानिएका प्रतिनिधिहरूले माथिल्लो तहका निर्वाचनमा समावेशी वा खुला जुनसुकै समूहको उम्मेदवार हुन पाउँछन्।’

भदौ २७ अगाडि ७७ जिल्लाका छ हजार सात सय ४३ वडामै अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसलाई छ किनभने भदौ २७ मा गाउँ/नगर अधिवेशन हुँदैछ।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। काठमाडौंको भृकुटीमण्डप र राष्ट्रिय सभागृह महाधिवेशनका लागि बुकिङ गरिसकिएको कांग्रेसले जनाएको छ।

महाधिवेशनका मतदाता प्रतिनिधि सभा क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधि हुन्। प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउँछन्। देशमा १६५ निर्वाचन क्षेत्र छ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख ११, २०८२ बिहिबार 40 Views

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP