बिहिबार , बैसाख ११, २०८२

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनहरु सुरु भइरहेका छन् । कांग्रेसको यो महाधिवेशनमा सबैभन्दा बढी चर्चामा आएको विषय हो, पुस्तान्तरणको विषय । अर्थात्, अब युवा पुस्ताले कांग्रेसलाई अगाडि बढाउनु पर्ने सबैले बताउन थालेका छन् ।

यहीबीच दैलेखको दुल्लु नगरपालिका वडा नं ३ को वडा सभापतिमा स्वस्तिका महत निर्वाचित भएकी छिन् ।

१९ वर्षकी स्वस्तिका सम्भवतः यो अधिवेशनमा निर्वाचित हुने कांग्रेसकै सबैभन्दा कान्छी वडा सभापति हुन् ।

विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेकी स्वस्तिकाको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै देखिन्छ । उनका बुबा पार्टीको जिल्ला उपसभापति समेत भएका थिए ।

दुई वर्षअघि निधन भएका स्व. भुपेन्द्रजंग बस्नेतकी छोरी हुन्, स्वस्तिका ।

स्वस्तिका वडा सभापति बनेपछि सामाजिक सन्जालमा उनको विषयमा निकै धेरै चर्चा चलेको छ । नेपालगन्ज टेक्निकल कलेजबाट हेल्थ असिस्टेन्टको अध्ययन पूरा गरेकी स्वस्तिका अब आफूले राजनीतिक यात्रालाई नै अगाडि बढाउने सुरसारमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP