मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनहरु सुरु भइरहेका छन् । कांग्रेसको यो महाधिवेशनमा सबैभन्दा बढी चर्चामा आएको विषय हो, पुस्तान्तरणको विषय । अर्थात्, अब युवा पुस्ताले कांग्रेसलाई अगाडि बढाउनु पर्ने सबैले बताउन थालेका छन् ।

यहीबीच दैलेखको दुल्लु नगरपालिका वडा नं ३ को वडा सभापतिमा स्वस्तिका महत निर्वाचित भएकी छिन् ।

१९ वर्षकी स्वस्तिका सम्भवतः यो अधिवेशनमा निर्वाचित हुने कांग्रेसकै सबैभन्दा कान्छी वडा सभापति हुन् ।

विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेकी स्वस्तिकाको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै देखिन्छ । उनका बुबा पार्टीको जिल्ला उपसभापति समेत भएका थिए ।

दुई वर्षअघि निधन भएका स्व. भुपेन्द्रजंग बस्नेतकी छोरी हुन्, स्वस्तिका ।

स्वस्तिका वडा सभापति बनेपछि सामाजिक सन्जालमा उनको विषयमा निकै धेरै चर्चा चलेको छ । नेपालगन्ज टेक्निकल कलेजबाट हेल्थ असिस्टेन्टको अध्ययन पूरा गरेकी स्वस्तिका अब आफूले राजनीतिक यात्रालाई नै अगाडि बढाउने सुरसारमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP