सोमबार , अषोज २६, २०८३

डार्विन । विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्तै महत्वपूर्ण मानिने अमेजनको वनजङ्गल क्षेत्र तीव्र गतिमा विनाश भइरहेको तथ्याङ्कहरूले देखाएका छन् ।

यो गति विगत १२ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । ब्राजिलको अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन् । दशलाख जनजातिय समुदायको बसोबास छ ।

त्यहाँ वनजङ्गल विनाश सन् २००८ यताकै उच्च विन्दुमा पुगेको अन्तरिक्ष निकाय आइएनपीईले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।

भू९उपग्रहबाट लिएका तस्बिरहरूले अगस्ट २०१९ र जुलाई २०२० का बीचमा मात्र झण्डै ११ हजार वर्ग किलोमिटरको जङ्गल सखाप भएको देखिएको छ ।

अमेजन वन क्षेत्रलाई विश्वकै महत्वपूर्ण कार्बन भण्डारको रूपमा मानिन्छ र यसले विश्वव्यापी तापक्रम वृद्धिको दरलाई कम गराउन मद्दत गर्ने गर्छ । शुकम्यान भन्छन् बोल्सोनारु विकासको वाचा गर्दै निर्वाचित भएका थिए। उनी खानी तथा कृषिको प्रबर्धनमा केन्द्रीत छन्।

तर वातावरण वैज्ञानिकहरू भन्छन् त्यहाँ रहेका अर्बौँ रुखहरूले ठूलो मात्रामा कार्बन भण्डारण गरेका छन् जसको अभावमा विश्वव्यापी तापक्रम वृद्धि अझै तेज हुनसक्छ।

त्यहाँ रहेका अर्बौँ रुखहरूले ठूलो मात्रामा कार्बन भण्डारण गरेका र जसको अभावमा विश्वव्यापी तापक्रम वृद्धि अझै बढेर जान सक्ने वातावरण वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP