शनिबार , बैसाख ६, २०८२

नेपालका लागि रुसी राजदूत ए. ए. नोभिकोभले नेपाल र रुसबीच मैत्रीपूर्ण फुटबल योजनाको पहल गर्ने बताएका छन्। अखिल नेपाल फटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँगको भेटमा राजदूत नोभिकोभले कोरोना महामारीले नेपाल र रुसबीच मैत्रीपूर्ण फुटबलका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

रुसी राजदूतसँगको भेटमा एन्फा अध्यक्ष शेर्पासँगै पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टिमका कार्यकारी व्यवस्थापक मधुसुदन उपाध्याय पनि उपस्थित थिए।

भेटमा राजदूत नोभिकोभले राष्ट्रिय टिमसँग सम्भव नभए राष्ट्रिय टिमका केही खेलाडीसहित रुसका व्यावसायिक क्लब र नेपालबीच फ्रेन्ड्ली गराउन पलह गर्ने विषयमा छलफल भएको व्यवस्थापक उपाध्यायले बताए। उनले पुरुष, महिला तथा युवालगायत सबै समूहमा रुस र नेपालबीच मैत्रीपूर्ण खेल खेलाउने विषयमा पनि छलफल भएको जनाए।

छलफलका क्रममा राजदूतले नोभिकोभले नेपालको खेल तथा नेपाली खेलाडी प्रदर्शनको स्तरवृद्धि हुँदै गएको बताएको उपाध्यायले जानकारी दिए। भेटमा रुसी राजदूत नोभिकोभले आसन्न साफ च्याम्पियन्सिपका लागि नेपाली टिमलाई शुभकामना पनि दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP