नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर नयाँ पार्टी बनाएका माधव नेपाल पक्षप्रति कटाक्ष गरेका छन् । शनिवार काठमाडौँमा भएको पार्टीको एक कार्यक्रममा बोल्दै उनले माधव नेपालले नेकपा एस पार्टी बनाएको नभई काँग्रेस र देउवाका लागि ‘यस’ पार्टी बनाएको भन्दै व्यङ्ग्य गरे । उनले एमाले छोडेरउनले आगामी निर्वाचनमा पार्टीले जनप्रतिनिधि हुन लायकलाई मात्रै उम्मेदवार तोक्ने उल्लेख गरे ।
उनले काठमाडौँ महागरपालिकामा एमालेबाहेक अरू मेयर भन्नै नसुहाउने उल्लेख गरे । सक्षम नेतृत्व एमालेबाहेक अरू कसैको हुन नसक्ने उनको दाबी थियो ।