शुक्रबार , भाद्र १२, २०८३

बहुप्रतिक्षित क्राइम-थ्रिलर सिरिज मनि हाइस्ट सिजन ५ नेटफ्लिक्समा सार्वजनिक भएको छ । मनी हाइस्ट सिरिजको पाँचौ सिजन दुई भागमा सार्वजनिक हुनेछ । जसमध्ये पहिलो भाग आज सार्वजनिक भएको छ भने दोश्रो भाग यसै वर्षको डिसेम्बरमा आउनेछ ।

नेटफ्लिक्सको आधिकारिक ट्वीटर ह्यान्डल मार्फत उक्त सिरिजका एपिसोडका नामहरू सार्वजनिक गरिएको छ । नेटफ्लिक्समा सार्वजनिक हुने अधिकाशं कन्टेन्टहरू नेटफ्लिक्सको मुख्य कार्यालयबाट स्थानीय समयअनुसार रातको समयमा सार्वजनिक हुने गर्छन् ।

यसैगरी मनी हाइस्टको पहिलो श्रृंखला नेपाली समय अनुसार आज दिउँसो सार्वजनिक भएको हो । सोहि अनुसार भाग ३ डिसेम्बरमा सार्वजनिक हुने बताइएको छ ।

मनी हाइस्टका सबै सिजनहरू चाँडै नै नेटफ्लिक्समा उपलब्ध हुनेछन् । पाँचौ सिजनमा जम्मा १० ओटा एपिसोड हुनेछन् । पहिलो भोलुम अन्तर्गत पाँच ओटा एपिसोड रहेका छन् ।

जसमा ‘द इन्ड अफ द रोड’, ‘डु यु बिलिभ इन रिइन्कार्नेसन’, ‘वेलकम टु द शो अफ लाइफ’, ‘योर प्लेस इन हेभन’, र ‘लिभ मेनि लाइभ्स’ छन् । सार्वजनिक हुन बाँकि पाँचौ सिजनको दोस्रो भोलुममा पनि पनि पाँचवटै एपिसोडहरू हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP