बुधबार , जेठ ८, २०८२

बुटवल । बुटवलको कालिकानगरमा मंसिर १० गते कार दुर्घटना परी घाइते भएका १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका देवदह नगरपालिका–२ का २९ वर्षीय बिपिन ज्ञवालीको उपचारको क्रममा सोमबार राती मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतित सिहं राठोरले जानकारी दिए ।

क्रिमशन अस्पतालबाट मंसिर १४ गते डिस्चार्ज भएका उनमा हिजो स्वास्थ्यमा केही समस्या देखिए पछि देवदह मेडिकल कजेल, देवदहमा भर्ना भएका थिए । ढाडमा भित्र चोट लागेका उनको उपचारको क्रममा सोमबार राती नै सोही अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख राठोरले बताए । दुर्घटनामा परी घाइते भएका कारका चालक सोही ठाउँका २१ वर्षीय सुरज सुनार भने सोही दिन साँझ नै डिस्चार्ज भएका थिए । उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बुटवलबाट भैरहवा तर्फ जाँदै बा १२ च ७४५६ गरेको कार तीव्र गतिका कारण कालिका मानव ज्ञान माविको अगाडी मंसिर १० गते दुर्घटना भएको थियो । तीव्र गतिको कार अनियन्त्रीत भई सडकको डिभाइडरमा ठोक्किएर सडकको अर्को लाइनमा पुगेको थियो । दुर्घटनाबाट कार क्षेतविक्षेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP