मंगलबार , बैसाख २९, २०८३

बुटवल । बुटवलको कालिकानगरमा मंसिर १० गते कार दुर्घटना परी घाइते भएका १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका देवदह नगरपालिका–२ का २९ वर्षीय बिपिन ज्ञवालीको उपचारको क्रममा सोमबार राती मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतित सिहं राठोरले जानकारी दिए ।

क्रिमशन अस्पतालबाट मंसिर १४ गते डिस्चार्ज भएका उनमा हिजो स्वास्थ्यमा केही समस्या देखिए पछि देवदह मेडिकल कजेल, देवदहमा भर्ना भएका थिए । ढाडमा भित्र चोट लागेका उनको उपचारको क्रममा सोमबार राती नै सोही अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख राठोरले बताए । दुर्घटनामा परी घाइते भएका कारका चालक सोही ठाउँका २१ वर्षीय सुरज सुनार भने सोही दिन साँझ नै डिस्चार्ज भएका थिए । उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बुटवलबाट भैरहवा तर्फ जाँदै बा १२ च ७४५६ गरेको कार तीव्र गतिका कारण कालिका मानव ज्ञान माविको अगाडी मंसिर १० गते दुर्घटना भएको थियो । तीव्र गतिको कार अनियन्त्रीत भई सडकको डिभाइडरमा ठोक्किएर सडकको अर्को लाइनमा पुगेको थियो । दुर्घटनाबाट कार क्षेतविक्षेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP