मंगलबार , अषोज २७, २०८३

अफगानिस्तान सत्ता कब्जा गरेको कट्टरवादी समूह तालिबानविरूद्ध महिलाहरू सडकमा निस्किएका छन्।

 बिहीबार अफगानिस्तानको पश्चिमी सहर हेरातमा दर्जनौं महिलाहरूले र्‍याली निकालेका हुन्।‘नडराऊ, हामी सबै सँगै छौं’, ‘शिक्षा, काम र सुरक्षा हाम्रा नैसर्गिक अधिकार हुन्’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूको र्‍याली प्रान्तीय गभर्नरको कार्यालयसम्म पुगेको थियो।

द न्युयोर्क टाइम्सका अनुसार हेरात अफगानिस्तानको उदार सहर हो। त्यहाँका हजारौं महिलाले विश्वविद्यालय गएका छन् भने दुई साताअघि तालिबानहरूले सत्ता कब्जा नगरूञ्जेल उनीहरू घरबाहिर विभिन्न काममा जान्थे।

‘हामी तालिबानहरूलाई आफ्नो शक्ति देखाउन चाहन्छौं,’ प्रदर्शनको आयोजना गरेकी मारयामले भनिन्,‘हामी घरभित्रै बस्यौं भने हामी आफ्नो शक्ति देखाउन पाउँदैनौं तर तालिबानहरूले हामीलाई राजनीतिक र सामाजिक भूमिकाबाट हटाउन अरू प्रतिबन्ध लगाउन सक्छन्।’

तालिबानका एक जना नेताले बिबिसी पर्सियन सेवासँग नयाँ सरकारमा महिलाहरूलाई मन्त्रीस्तरको जिम्मेवारी नदिइने बताएको अर्को दिन हेरातमा प्रदर्शन भएको हो।

‘यो प्रदर्शनको उद्देश्य तालिबानलाई सरकारमा महिलाको पनि सहभागिता गराऊ र महिलाबिनाको कुनै पनि सरकार लामो समय टिक्दैन भन्ने सन्देश दिनु हो,’ प्रदर्शन आयोजनामा सघाएकी मानव अधिकारकर्मी बासिराले भनिन्,‘हामी धेरै समय चुप लागेर बस्ने छैनौं।’

आयोजकहरूले आउने दिनमा अफगानिस्तानका अरू सहरहरूमा पनि यस्ता प्रदर्शन हुने बताएका छन्।

यसअघि सन् १९९६ देखि २००२ सम्म सरकार चलाउँदा तालिबानहरूले महिलालाई उच्च शिक्षा पढ्न दिने र बाहिर काम गर्न पाउने कुरामा प्रतिबन्ध लगाएका थिए। अहिले केही तालिबान नेताहरूले आफूहरूले महिलाको मानव अधिकारको रक्षा गर्ने बताए पनि धेरैले त्यो कुरा पत्याएका छैनन्।

तालिबानहरूले सत्ता कब्जा गरेसँगै विभिन्न कार्यालयमा काम गर्ने अफगान महिलाहरू काम छोडेर घरमै बसेका छन्। तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले आफ्ना लडाकुहरूलाई महिलाको सम्मान गर्नुपर्छ भन्ने तालिम दिन बाँकी रहेकाले केही दिन घरमै बसिदिन आग्रह गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP