आइतबार , भाद्र १४, २०८३

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जनप्रतिनिधिले निर्वाचन आयोगमा दल रोज्ने समयसीमा भदौ २२ गतेसम्म रहेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै एक साता लाग्ने भएको छ ।

यसैबीच प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मन्त्रिपरिषद् विस्तारका लागि सक्रियता बढाएका छन् । बिहीबार प्रचण्डले प्रधानमन्त्री देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार सरकारले सार्वजनिक गरेको प्रतिबद्धताअनुसारको कामलाई अगाडि बढाउने विषयमा छलफल गर्न प्रचण्डले प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भए पनि अझै मन्त्रालयको भागवण्डामा समेत सहमति जुट्न सकेको छैन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेअनुसार अहिले सत्ता गठबन्धनका दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २२ गते अघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताएका छन् । उनले भने ‘मन्त्रिपरिषद् विस्तारका विषयमा २२र२३ गतेसम्म त कसैले पनि चुइँक्क बोल्दैनन् । त्यस बारेमा अहिले केही चर्चा हुँदै छ, हामी उपयुक्त समयमा छलफल गर्नेछौं ।’

बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्दै उनले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता नहुने पनि बताए । क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग बिलीन हुने भ्रम नछर्न पनि नेपालले आग्रह गर्दै भने– ‘यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर क्रान्तिकारी विचारको आधारमा बनेको पार्टी हो ।’ नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP