आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले पार्टीको आगामी १४औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध एक ढिक्का हुने घोषणा गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले १४औं महाधिवेशनमा आफ्नो समूह एक भएर सहमतिमा हालका सभापति देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको हो । कांग्रेस महाधिवेशनका लागि विधानले तोकेको सबैभन्दा तल्लो तहको अधिवेशन आज शुक्रबारबाट सुरु हुँदै छ ।

महाधिवेशनको प्रक्रिया सुरु हुने अघिल्लो दिन नै पौडेल समूहले देशभर नेता कार्यकर्ताबीच समूहमा एकता रहेको सन्देश दिन यस्तो घोषणा गरेको हो । समूहको नेतृत्व गर्दै आएका कांग्रेस वरिष्ठ नेता पौडेलले आफ्नो समूहबाट महाधिवेशनमा सहमतिबाट सभापतिको एकल उम्मेदवार तय हुने बताए ।

‘महाधिवेशनमा हामी सभापतिमा एउटै उम्मेदवार दिन्छौं, देशभरिका साथीहरूलाई म ढुक्क रहन आग्रह गर्छु, व्यक्तिका विषयमा छलफल गरेर निर्णय लिन्छौं,’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले भने । ‘कसको नाममा सहमति हुन्छ त रु’ भन्ने पत्रकारहरूको जिज्ञासामा भने पौडेलले व्यक्तिका विषयमा पछि टुंगो लगाइने बताए ।

पत्रकार सम्मेलनमा आगामी महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेताहरू महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा। शेखर कोइराला, अर्जुननरसिंह केसी, नेत्री सुजाता कोइराला र गगन थापा सहभागी थिए । सभापतिको प्रतिस्पर्धामा आफू पनि उठ्ने बताउँदै आइरहेका नेता केसीले आफ्नो समूहको अठोट र संकल्पसहित कार्यक्रमको उपस्थितिले पनि सहमतिमा नै उम्मेदवार तय हुने अनुमान गर्न सकिने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP