मंगलबार , अषोज २७, २०८३

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पिसिआर तथा एन्टीजेन परीक्षणमा २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 मन्त्रालयका अनुसार १० हजार ६५८ पिसिआर परीक्षण गर्दा १६१९ जना र तीन हजार ९९२ एन्टीजेन परिक्षण गर्दा ३८५ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार बिहीबार देशभरका अस्पतालबाट एक हजार ८४६ जना संक्रमित निको भएका छन्।

त्यस्तै विहीबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ रहेको छ। योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या दश हजार ७८६ पुगेको छ। विहीबार देशभर ७१० जना गम्भीर किसिमका संक्रमित उपचाररत छन्। मन्त्रालयका अनुसार सघन उपचार कक्षमा ५४४ र भेन्टिलेटरमा १६६ जना संक्रमित उपचाररत छन् । यस्तै काठमाडौं उपत्यकामा मात्रै ७९३ संक्रमित थपिएका छन् । काठमाडौँमा ५४१, ललितपुरमा १५२ र भक्तपुरमा १०० संक्रमित थप भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP