आइतबार , जेठ २६, २०८२

अमेरिकाको न्यू योर्क र न्यू जर्सी राज्यमा भिषण वर्षा र ‘आइडा’ आँधीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

न्यू योर्कको प्रहरी विभागका प्रवक्ताले मध्यराति एक वृद्ध मृत अवस्थामा फेला परेको जनाएका छन् । न्यू जर्सीको पासाइक सहरका नगर प्रमुख हेक्टर लोराले बिहीबार न्यू योर्कमा ८ जनाको र न्यू जर्सीमा १ जनाको मृत्यु भएको जानकारी दिए ।

न्यू योर्कमा सन् १९२७ यता यस्तो भिषण वर्षा भएको पहिलो पटक भएको सीएनएनले जनाएको छ । सेप्टेम्बर १ मा दुवै राज्यको इतिहास अहिलेसम्मको सर्वाधिक वर्षा भएको छ ।

नेवार्कमा ८ दशमलव ४१ इञ्च पानी परेको रेकर्ड गरिएको छ ।

न्यू योर्कमा पनि प्रशासनले भिषण वर्षाका कारण बाढी आउनसक्ने भन्दै चेतावनी जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP