मंगलबार , अषोज २७, २०८३

अमेरिकाको न्यू योर्क र न्यू जर्सी राज्यमा भिषण वर्षा र ‘आइडा’ आँधीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

न्यू योर्कको प्रहरी विभागका प्रवक्ताले मध्यराति एक वृद्ध मृत अवस्थामा फेला परेको जनाएका छन् । न्यू जर्सीको पासाइक सहरका नगर प्रमुख हेक्टर लोराले बिहीबार न्यू योर्कमा ८ जनाको र न्यू जर्सीमा १ जनाको मृत्यु भएको जानकारी दिए ।

न्यू योर्कमा सन् १९२७ यता यस्तो भिषण वर्षा भएको पहिलो पटक भएको सीएनएनले जनाएको छ । सेप्टेम्बर १ मा दुवै राज्यको इतिहास अहिलेसम्मको सर्वाधिक वर्षा भएको छ ।

नेवार्कमा ८ दशमलव ४१ इञ्च पानी परेको रेकर्ड गरिएको छ ।

न्यू योर्कमा पनि प्रशासनले भिषण वर्षाका कारण बाढी आउनसक्ने भन्दै चेतावनी जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP