पटकपटक स्थगित हुँदै लामो समयपछि बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सुनिलबहादुर थापालाई सहमहामन्त्रीमा मनोनित गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका थापालाई सहमहामन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो ।

त्यसैगरी उनीसँगै कांग्रेस प्रवेश गरेका ६ नेतालाई केन्द्रीय सदस्य र ३ नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय भएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय सदस्यमा रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टिएन योगी मनोनित भएका हुन । त्यसैगरी आमन्त्रित सदस्यमा दिलिप राई, आशाराम चौधरी र राजेशबहादुर सिंह मनोनित भएका छन् ।

स्वर्गीय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर साउन १३ गते कांग्रेसमा प्रवेश गरेका थिए ।

सुनिल थापा दोस्रो संविधान सभाको चुनावमा धनकुटा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । थापा चुनावमा विजयी भएर दुई पटक मन्त्रीसमेत भइसकेका छन् ।

दोस्रो संविधान सभाको चुनाव पछि ज्येष्ठ नागरिकको हैसियतले संविधान सभाको सभामुख उनकै बुवा सूर्यबहादुर थापा भए। बुवा सँगै पार्लियामेन्टमा छिरेका थापाले उनी मन्त्रीहुँदा बुवाबाटै शपथ लिए । सुनिल सुशील कोइराला नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री भए। यस्तै उनी शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भए।

राजनीतिमा आउनुअघि थापाले २२ वर्ष शरणार्थी विकास र मानवीय सहायताका लागि काम गरे । उनले ११ वटा द्वन्द्वग्रस्त देशमा काम गरिसकेका छन् । सन् २०११ मा राष्ट्र संघीय उच्च आयोग (यूएनएचसीआर) अन्तर्गत सुडानमा कार्यरत रहेको बेला देशको सेवा गर्न राष्ट्र संघअन्तर्गतको आकर्षक जागिर छोडेर राजनीतिमा हाम्फालेका हुन । राजनीतिमा प्रवेश गरेसँगै उनले आफ्नो अनुभव देश विकास र निर्माण कार्यमा लगाउने बताउँदै आएका छन् ।

थापा वाणिज्ज तथा आपूर्तिमन्त्री हुँदा नेपाल आयल निगममा ‘अटो प्राइसिङ’ र भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनको सम्झौता गरेका कारण उनको कामको चर्चा भएको थियो ।

थापाले राष्ट्रसंघीय उच्च आयोगबाट जागिर छोडेर आएपछि सन् २०१२ देखि २०१५ सम्म बुवा संगै बसेर राजनीति गरे। उनका बुवा सूर्यबहादुर थापाको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा २०७२ वैशाख २ गते निधन भएको थियो। उनका बुवा धनकुटा जिल्लाको मुगामा जन्मिए थिए। सूर्यबहादुर ४ पटकसम्म नेपालको प्रधानमन्त्री बनेका थिए ।

कांग्रेसमा प्रवेश गर्नुअघि राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई थापासहित ३१ जनाले राजीनामा बुझाएका थिए।

त्यसैगरी कांग्रेसले स्वर्गीय सूर्यबहादुर केसीको स्थानमा मोहनप्रसाद पाण्डेलाई सांसद बनाउने निर्णय गरेको छ ।

प्रतिनिधिसभाका समानुपातिक तर्फका सदस्य केसीको निधन भएपछि रिक्त स्थानमा पाण्डेलाई पठाउने निर्णय भएको हो ।

पार्टी निर्णय कार्यान्वयनका लागि निर्वाचन आयोगमा पत्र पठाउने निर्णयसमेत कांग्रेसले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP