आइतबार , भाद्र १४, २०८३

दार्चुलाको तुइन घटनाबारे नेपाल सरकारले कुनै जानकारी नगराएकाले त्यसबारे भारतले केही नबोल्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले अरविन्दम बाग्चीले यो विषयमा मिडियाबाट केही सुनेको तर औपचारिक रुपमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।

‘त्यहाँको घटना मिडियामार्फत सुनेका छौं । तर हामीसंँग कुनै अफिसियल खबर छैन । नेपालमा इन्टरनल रुपमा केही भएको हो वा छानबिन भएको भन्ने पनि मलाई थाहा छैन,’ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका सोधेको प्रश्नको जवाफमा प्रवक्ता बाग्चीले भने, ‘ नेपाल सरकाबाट केही जानकारी आइनसकेकोले यसबारे म केही भन्न सक्दिनँ ।’

उनले यो विषयमा भारतभित्र पनि कुनै अनुसन्धान भएको नभएकोबारे पनि केही जानकारी नभएको बताए । ‘मलाई कसैले केही भनेको छैन, मिडियामा मात्र पढेको छु । भारतभित्र आन्तरिक अनुसन्धान भए नभएकोबारे पनि सूचना छैन, भारतको राजदूतावासमार्फत केही आउला अनि मात्र हामीले यसबारेमा केही हेर्नेछौं ।’

उनले यो विषयमा फरक फरक धारणाबाट कुरा आइरहेको बताए । ‘धेरै मानिसले उक्त घटनालाई एउटा र केहीे फरक दृष्टिकोणले बताइरहेकाले ठ्याक्कै सही कुरा के हो मलाई थाहा छैन ।’ भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले तुइन चुडाइँदिँदा जयसिंह धामी बेपत्ता भएका थिए । यस सम्बन्धमा गृह मन्त्रालयको छानबिन टोलीले कूटनीतिक पहलमार्फत घटनामा संलग्नलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन सुझाव दिएको थियो । उक्त सुझावअनुसार गृह मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएको छ ।

यो समाचार कान्तिपुरमा छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP