बिहिबार , बैसाख ११, २०८२

महानगरीय प्रहरी वृत्त बालाजुमा स्थानीय र काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागसँग भएको १४ ब’Fदे सहमतिपछि हिजो बुधबारबाट उपत्यकाको फोहोर उठ्न थालेको छ ।

स्थानीयसँग मंगलबार राति भएको सहमतिमा १५ दिनभित्र तीनपिप्ले–सिसडोल सडक ग्राभेल गरी तत्काल टेन्डर गरी कालोपत्रे गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीसाधनले लिचेड बक्सको व्यवस्था गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीलाई बिहान ४ देखि दिउँसो ४ बजेसम्म मात्र अनुमति दिने व्यवस्था गर्नुपर्ने र त्यसका लागि टाइम कार्डको व्यवस्था गर्नुपर्ने, तीनपिप्ले–सिसडोल खण्डको जग्गाको कित्ताकाट गरी मुआब्जा दिने विषयमा कामपा मेयरसँग छलफल गर्नेलगायत रहेको छ ।

त्यस्तै, फोहोर ढुवानी गर्ने सवारीसाधन सफा गरेर मात्र पार्किङ गर्नुपर्ने, स्थानीय प्रभावित क्षेत्रका विद्यालय र संघ संस्थालाई खेलकुद व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने, महालक्ष्मी मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण गर्नुपर्ने र सडक छेउमा वृक्षरोपण गर्नुपर्नेमा पनि सहमति भएको छ ।

करिब एक महिनासम्म फोहोर उठ्न नसकेर राजधानी काठमाडौंसहित २० स्थानीय तह दुर्गन्धित भएपछि सरकारको ध्यानाकर्षण भएको थियो । फोहोर व्यवस्थापनमा समस्या देखिएपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्नुभएपछि प्रधानमन्त्री देउवाले सरोकारवाला निकायलाई तत्काल समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका थिए । याे समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP