आइतबार , भाद्र १४, २०८३

महानगरीय प्रहरी वृत्त बालाजुमा स्थानीय र काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागसँग भएको १४ ब’Fदे सहमतिपछि हिजो बुधबारबाट उपत्यकाको फोहोर उठ्न थालेको छ ।

स्थानीयसँग मंगलबार राति भएको सहमतिमा १५ दिनभित्र तीनपिप्ले–सिसडोल सडक ग्राभेल गरी तत्काल टेन्डर गरी कालोपत्रे गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीसाधनले लिचेड बक्सको व्यवस्था गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीलाई बिहान ४ देखि दिउँसो ४ बजेसम्म मात्र अनुमति दिने व्यवस्था गर्नुपर्ने र त्यसका लागि टाइम कार्डको व्यवस्था गर्नुपर्ने, तीनपिप्ले–सिसडोल खण्डको जग्गाको कित्ताकाट गरी मुआब्जा दिने विषयमा कामपा मेयरसँग छलफल गर्नेलगायत रहेको छ ।

त्यस्तै, फोहोर ढुवानी गर्ने सवारीसाधन सफा गरेर मात्र पार्किङ गर्नुपर्ने, स्थानीय प्रभावित क्षेत्रका विद्यालय र संघ संस्थालाई खेलकुद व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने, महालक्ष्मी मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण गर्नुपर्ने र सडक छेउमा वृक्षरोपण गर्नुपर्नेमा पनि सहमति भएको छ ।

करिब एक महिनासम्म फोहोर उठ्न नसकेर राजधानी काठमाडौंसहित २० स्थानीय तह दुर्गन्धित भएपछि सरकारको ध्यानाकर्षण भएको थियो । फोहोर व्यवस्थापनमा समस्या देखिएपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्नुभएपछि प्रधानमन्त्री देउवाले सरोकारवाला निकायलाई तत्काल समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका थिए । याे समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP