बिहिबार , बैसाख ११, २०८२

नेकपा एमालेले पार्टी फुटाएर माधवकुमार नेपालसहितका नेताहरुले नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्न दिएको निवेदनमा झलनाथ खनालसहितका ६ जना नेताको सनाखत अवैध रहेको दावी गरेको छ । साथै एमालेले नेपाल नेतृत्वको पार्टी आयोगमा दर्ता गर्दा खनालसहितको अवैध सनाखतलाई मान्यता दिएकोमा बदर गर्न माग गरेको छ ।

हस्ताक्षर नै नभएका व्यक्तिको सनाखत गर्नु कानुनविपरीत भएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीको दल दर्ता बदर गर्न माग गर्दै एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । एमालेले सर्वोच्चमा बुधबार दर्ता गरेको रिट निवेदनमा एमालेबाट निष्कासनमा परिसकेका १४ जना सांसद र ९ जना केन्द्रीय सदस्यलाई सनाखत गराएकाले नेकपा एकीकृत समाजवादी दर्ता बदर गर्न माग गरेको हो ।

साथै एमालेले झलनाथ खनालसहित १४ जना सांसदले वैशाख २७ गते आफ्नै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला ह्वीप उल्लंघन गरी अनुपस्थित भएको भन्दै पार्टीले  निष्कासन गरेकाले उनीहरूलाई सांसद पदबाट समेत पदमुक्त गर्न माग गरेको छ ।

निर्वाचन आयोगलाई विपक्षी बनाइएको उक्त रिटमा नेकपा एकीकृत समाजवादीका नाममा कुनै पनि गतिविधि गर्न नदिन आदेशको माग गरिएको छ । नेता माधवकुमार नेपालसहितका ३० सांसद र ५५ केन्द्रीय सदस्यले दल विभाजनको व्यवस्था अनुसार आवश्यक संख्या पुर्याएर गत भदौ २ गते निर्वाचन आयोगमा दिएको निवेदनअनुसार भदौ ९ गते दल दर्ताको मान्यता पाइसकेका छन् ।

निर्वाचन आयोगको अलवा एमालेले बुधबार नै सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध पनि रिट निवेदन दर्ता गरेको छ ।uml rit election

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख ११, २०८२ बिहिबार 30 Views

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP