मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल भदौ १७ गते । बिहीबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– एकादशी, रातको ०५ बजेर २७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– आद्र्रा,दिउसो ०२ बजेर ०१  मिनेट उप्रान्त पुनर्वसु । योग– सिद्धि, बिहान १० बजेर २५ मिनेट उप्रान्त व्यातिपात । करण– बव,बेलुकी ०४ बजेर ४८ मिनेट उप्रान्त बालव, रातको ०५ बजेर २७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २२ मिनेट । दिनमान ३१ घडी ३७ पला । स्मार्तहरुको अजा एकादशीव्रत ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विवादित विषयहरूको निर्णय पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा उद्योगमा लगानी गरी रोजगारका अवसर सिर्जना गर्न सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुसी भएको महसुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ ।मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामहरू स्वतः स्फुर्त रूपमा अगाडी बढ्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरूको काममा समय बित्ने तथा अरूको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजु तथा अग्रजको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारीका अवसर सिर्जना गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । माया प्रेममा सामीप्य बढेर जानेछ भने घरमा पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  स्वास्थ्य सबल हुनाले उपलब्धिमूलक कामहरू गरेर दैनिक जीवन फेरिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो नतिजा आउने हुँदा मन प्रसन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक बस्तु तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुले नै फसाउन सक्छन् ख्याल गर्नुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  पढाइमा देखिएको कमजोरी सुधार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । आत्मीय मित्र तथा मन मिल्ने साथी भेटिनेछ भने माया प्रेममा प्रशस्त समय रमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  अध्ययनमा मन जानेछ । आस मारेको काम बन्नाले मन प्रसन्न हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गर्दा ध्यान दिनुहोला मानिसहरुले साख गिराउन खोज्नेछन् । घर जग्गा तथा स्थाई सम्पत्तिमा विवाद आउने योग रहेको छ भने आमा वा आफन्तसँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP