मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) विभाजित भएपछि जिल्ला–जिल्लामा कसले आफ्नो पक्षमा धेरै नेता, जनप्रतिनिधि र कार्यकर्ता तान्ने होड चलेको छ । नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले समानान्तर कमिटीमा रहेका नेता, कार्यकर्तालाई समेट्ने प्रयास गरेको छ ।

प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका बागलुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसद, प्रदेशसभा सांसद तथा स्थानीय जनप्रतिनिधि पार्टी विघटनको विपक्षमा उभिएका छन् । बागलुङका विभिन्न स्थानीय तहमा एमालेबाट प्रमुख तथा उपप्रमुखमा जितेका जनप्रतिनिधि एमालेमै रहने भएका छन् ।

पार्टी विभाजनले कम्युनिस्ट आन्दोलन कमजोर हुने भन्दै एमालेबाट निर्वाचित भएका नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखले मूल पार्टी एमालेमै क्रियाशील रहने संकेत गरेका हुन् । बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, उपमेयर करमति पुन, जैमिनी नगरपालिकाका उपमेयर लिला रानाले एमाले पार्टीमै रहने भएका छन् ।

निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ । ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले आफू एमालेमै रहेको उल्लेख गरे । ‘विभाजनबाट होइन, एकताबाट बलियो बन्न सकिन्छ,’ काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले भने, ‘पार्टी सञ्चालनका कमीकमजोरी सच्चाएर जाने हो, भागेर समस्याको समाधान हुँदैन ।’

बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल र जैमिनीका उपमेयर नेकपाको विवाद हुँदा पनि एमाले अध्यक्ष केपी ओलीको पक्षमा थिए । एमाले विभाजन भएपछि बागलुङबाट निर्वाचित कुनै पनि सांसद एकीकृत समाजवादीमा सामेल भएका छैनन् ।

प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा पार्टी विभाजनको विपक्षमा छन् । जिल्ला कमिटी सचिव लालबहादुर थापा नवगठित एकीकृत समाजवादीको जिल्ला संयोजक चयन भएका छन् ।

जिल्ला कमिटीका उपाध्यक्ष कृष्ण पाठक, उपसचिव विष्णु भुसाल पनि पार्टी विभाजनको पक्षमा उभिए । प्रभावशाली नेता हीराबहादुर केसी कुनै पनि समूहमा खुलेर लागेका छैनन् । एमालेका पूर्वअध्यक्ष श्रीप्रसाद शर्मा, संविधानसभा सदस्य रामजीप्रसाद शर्मा नवगठित एकीकृत समाजवादी निकट छन् । प्रतिनिधिसभा सांसद डा. सूर्य पाठक र मनकुमारी केसी तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा र सावित्रा राना एमालेमै छन् । बागलुङबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने शान्ति अधिकारी भने एकीकृत समाजवादीमा गएकी छन् । न्युज कारखाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP