मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिरमा ९ बाट तोकिएको छ। लामो समयको रस्साकस्सी पछि हुन लागेको महाधिवेशनको आरम्भ भने यही १८ गते वडा अधिवेशनबाट हुँदैछ।

यही क्रममा नेतृत्वका आकंक्षीहरुले धमाधम उम्मेद्वारी घोषणा शुरु गरेका छन्। भदौ ११ गते उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेद्वारी दिने उद्घोष गरे। सोही कार्यक्रममा पूर्वमन्त्री समेत रहेका ‘राष्ट्र पूकार’का पूर्व सम्पादक होमनाथ दाहालले सम्झे – एउटा नियतिको।

२०२८ सालमा हालका सभापति शेरबहादुर देउवा नेविसंघको अध्यक्ष रहेको र उनको उत्तराधिकारीका रुपमा निधि नेविसंघको अध्यक्ष भएको घटना स्मरण गरेका थिए दाहालले। सोही प्रसंग जोड्दै दाहालले अहिले सभापति देउवा रहेकाले उत्तराधिकारी निधि हुनु नियतिको नै खेल भएको उल्लेख गरेका थिए।

नेविसंघमा दोस्रो अध्यक्ष बनेका देउवाले निधिलाई २०३६ सालमा मात्र अध्यक्ष पद सुम्पेका थिए। १३ औं महाधिवेशनमा सभापतिमा चुनिएका देउवा यसपटक पनि सभापतिका प्रत्यासी हुन्। असार १२ गते देउवाले नयाँ बानेश्वरमा राजनीतिक बिटका पत्रकारसँग भेटघाटमा आफ्नो उम्मेद्वारीबारे जानकारी गराएका थिए, ‘पार्टीको महाधिवेशन आएको छ। मैले उठ्ने विचार गरेको छु। देशभरका साथीहरुले सहयोग गरे पार्टी सभापति बनुँला।’

तर, उनलाई आफ्नै गुटका उपसभापति निधिले टक्कर दिइसकेका छन्। देउवाले निधिलाई काँध नफेर्ने संकेत गरिसकेकाले यो नियतिको खेल कतिको हुन हो त्यो भने भविष्यको गर्भमै रहेको छ।

यता, सभापतिमा दाबी गर्ने अर्का नेता बनेका छन् कल्याण गुरुङ। २०६४ सालमा नेविसंघको कमान्ड सम्हालेका गुरुङ वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता मानिन्छन्। उनले बुधवार अनामनगर स्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरेर सभापतिमा दाबेदारी पेश गरेका हुन्। होमनाथ दाहालको नियतिको खेललाई आधार मान्ने हो भने गुरुङका लागि यो दाबेदारीबाट जित्नु बालुवाबाट तेल निकाल्नु बराबरी हुने देखिन्छ। किनभने तेस्रो अध्यक्षले मौका नपाइरहेको बेला १६ औं अध्यक्ष गुरुङको दाबेदारी जित्नलाई नभई मतदाताको माहोल आफूतिर तान्नमात्र भएको बताइन्छ।

नेविसंघका संस्थापक नेता मानिएका वरिष्ठ नेता पौडेल पनि उम्मेद्वारी घोषणा गर्ने तयारीमा जुटेका छन्। आफ्नो पक्षबाट साझा र खारिएका उम्मेद्वार चयन गर्न पौडेलले लगातार छलफल चलाएका छन्। कहिले महाराजगञ्ज त कहिले चाक्सीबारी पुगेर पौडेलले सभापतिमा दाबेदार भनिएका आफ्ना पक्षका नेताहरुको नाडी छामिरहेका छन्। यद्यपि, आकंक्षी बढी नै रहेकोले नेताहरु व्यवस्थापनमा पौडेललाई समस्या आइपर्ने देखिन्छ। आफ्ना नेताहरु व्यवस्थापन गर्न नसक्दा देउवाले आफ्नै क्याम्पबाट निधिको चुनौति सामना गरिसकेका छन्।

यी तीन बाहेक सभापतिको दावेदारी अरु कतिले दिने हुन्, त्यो अहिले नै आँकलन गरिहाल्न भने सकिन्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP