सोमबार , अषोज २६, २०८३

बिगत ३ वर्ष देखी अस्ट्रेलियामा रहदै आएका एक ब्यक्तित्व जो कलाकारिता र समाजसेवा लाइ संगै लिएर अगाडी बढेका छन्।  गित-गजल, कविता, मुक्तक लेखी रहने राजिब थापा (राजश्री), राजश्री उनको साहित्यिक नाम हो।  उनको शब्दमा पहिलो गीतको भिडियो निर्माण भएको छ।  पुस्तक प्रसादको नाम ले पनि चिनिने दिनेश गौतम को स्वर अनि संगीत रहेको गीत “लखर लखर” सार्बजनिक भएको हो, जसमा संगीत संयोजन उदयराज पौडेलको रहेको छ। देब धिमालको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो राजश्री इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा विजयराज भुर्तेल, रन्जिता विश्वकर्मा लगायतले अभिनय गरेका छन् ।


डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भए संगै गीतका रचनाकार राजिब थापा (राजश्री) निकै उत्साहित भएका छन्।  धेरै लामो समय देखी कलम चलाएका उनि आउदा दिनमा अरु गीत पनि निकाल्ने सोचमा छन्। २०६४ साल बाट औपचारिक रुपमा  शास्त्रीय संगीतका गुरु प्रभु राज ढकाल ज्यु संग नेपाल संगीत बिद्यालयमा शास्त्रीय संगीत समेत अध्ययन गरेका थापा आउने दिनमा आफ्नै शब्द अनि आवाजमा समेत गीत रेकर्ड गराएर नेपाली संगीत मन पराउने दर्शक श्रोता समू उपस्थित हुने योजना रहेको बताऊछन्।

कला क्षेत्र संगै समाजसेवामा समेत अनवरत लागि परेका थापा, अस्ट्रेलियाको डार्विन स्थित Nepalese Association of Northern Territory(NANT ) का बर्तमान उपाध्यक्ष समेत हुन्।  नेपाल रहदा पनि मिर्मिरे युवा समाज काठमाडौँ मा लामो समय आबद्ध रहेका उनि नेपाली समाजको हक र हितको लागि सधै आवाज उठाउने नेपालीमा पर्छन। 

राजिवको शब्द रचनामा बनेको यो गीत छोटो समयमा धेरै नेपालीले मन पराएका छन्। पुराखबर अनलाइन, लखर लखर टिम संगै आउदा दिनमा राजिव थापा (राजश्री) को उज्वल भविष्यको कामना गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP