शुक्रबार , जेठ २४, २०८२

बिगत ३ वर्ष देखी अस्ट्रेलियामा रहदै आएका एक ब्यक्तित्व जो कलाकारिता र समाजसेवा लाइ संगै लिएर अगाडी बढेका छन्।  गित-गजल, कविता, मुक्तक लेखी रहने राजिब थापा (राजश्री), राजश्री उनको साहित्यिक नाम हो।  उनको शब्दमा पहिलो गीतको भिडियो निर्माण भएको छ।  पुस्तक प्रसादको नाम ले पनि चिनिने दिनेश गौतम को स्वर अनि संगीत रहेको गीत “लखर लखर” सार्बजनिक भएको हो, जसमा संगीत संयोजन उदयराज पौडेलको रहेको छ। देब धिमालको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो राजश्री इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा विजयराज भुर्तेल, रन्जिता विश्वकर्मा लगायतले अभिनय गरेका छन् ।


डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भए संगै गीतका रचनाकार राजिब थापा (राजश्री) निकै उत्साहित भएका छन्।  धेरै लामो समय देखी कलम चलाएका उनि आउदा दिनमा अरु गीत पनि निकाल्ने सोचमा छन्। २०६४ साल बाट औपचारिक रुपमा  शास्त्रीय संगीतका गुरु प्रभु राज ढकाल ज्यु संग नेपाल संगीत बिद्यालयमा शास्त्रीय संगीत समेत अध्ययन गरेका थापा आउने दिनमा आफ्नै शब्द अनि आवाजमा समेत गीत रेकर्ड गराएर नेपाली संगीत मन पराउने दर्शक श्रोता समू उपस्थित हुने योजना रहेको बताऊछन्।

कला क्षेत्र संगै समाजसेवामा समेत अनवरत लागि परेका थापा, अस्ट्रेलियाको डार्विन स्थित Nepalese Association of Northern Territory(NANT ) का बर्तमान उपाध्यक्ष समेत हुन्।  नेपाल रहदा पनि मिर्मिरे युवा समाज काठमाडौँ मा लामो समय आबद्ध रहेका उनि नेपाली समाजको हक र हितको लागि सधै आवाज उठाउने नेपालीमा पर्छन। 

राजिवको शब्द रचनामा बनेको यो गीत छोटो समयमा धेरै नेपालीले मन पराएका छन्। पुराखबर अनलाइन, लखर लखर टिम संगै आउदा दिनमा राजिव थापा (राजश्री) को उज्वल भविष्यको कामना गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP