बिहिबार , बैसाख ११, २०८२

पर्सि शुक्रबारदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह देखिएको छ भने कतै अन्योल भइरहेको छ ।​ पूर्वघोषित कार्यतालिकाअनुसार भदौ १८ गते देशभर ६ हजार ७ सय ४३ वडामै एकै दिन अधिवेशन गर्ने भनिएको थियो । दुई दिनअघिसम्म पनि सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा शुक्रबार धेरै वडाको अधिवेशन भने नहुने पक्का भएको छ ।

केन्द्रीय निर्वाचन समितिले सम्भव भएजति वडाको अधिवेशन पर्सि १८ गते नै गर्ने र यो दिन अधिवेशन गर्न नसकिएको वडाहरूमा २७ गते हुने गाउँ/नगर अधिवेशन भन्दा दुई/तीन दिनअघिसम्म वडा अधिवेशन गर्ने तयारी गरेको छ ।

क्रियाशील सदस्यता विवाद नटुंगिएका कारण २१ जिल्लामा अझै निर्वाचन अधिकृत खटाउन सकेको छैन । निर्वाचन अधिकृत खटाइएको केही जिल्लामा अझै विवाद कायम रहेको छ ।

निर्वाचन समितिले मंगलबार साँझसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको ५६ जिल्लामा मात्र निर्वाचन अधिकृतलाई जिल्ला खटाएको जनाएको छ । कांग्रेसको क्रियाशील सदस्य वडा अधिवेशनका प्रतिनिधि तथा मतदाता हुन् ।  याे समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP