आइतबार , भाद्र १४, २०८३

देशका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षा (भदौरे झरी) मा १५ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको चार दिनमा बाढी–पहिराेमा परेर उनीहरूको ज्यान गएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अवधिमा तीन जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् । क्षतिको विवरण सङ्कलनको क्रम भने जारी छ । बन्द भएका कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

प्राधिकरणले दिएको जानकारीअनुसार गएको जेठ ३१ पछि अहिलेसम्म मनसुनजन्य घटनामा परेर एक सय जनाले ज्यान गुमाएका छन् । यस अवधिमा ४४ व्यक्ति बेपत्ता भएका छन् भने एक सय नाै जना घाइते भएका छन् । मनसुनजन्य विपदमा परेर ३७ सरकारी कार्यालय, १६ सामुदायिक भवन र विद्यालय, २५ जलविद्युत् आयोजना, ३० मोटरेबल पुल र ३० झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

दर्जनौँ राजमार्गमा क्षति पुगेकाले कतिपय अझै खुल्न सकेको छैन । अहिले पनि खुलाउने प्रयास भइरहेकाे गृह मन्त्रालयले जनाएको छ । यस अवधिमा ६ हजार एक सय ८१ जनालाई स्थानान्तरण गरेर सुरक्षित ठाउँमा सारिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । पछिल्लो चार दिनमा मात्रै झन्डै एक हजार व्यक्तिलाई स्थानान्तरण गरिएको छ । झन्डै पाँच हजार घर डुबानमा परेकामध्ये १० प्रतिशतमा क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण अझै आइसकेको छैन ।

मन्त्रालयका अनुसार बेपत्ताको खोजी, आवश्यक राहत तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा अघि बढाइएको छ । यस्तै पुनर्स्थापना र पुनर्निर्माणका कार्यक्रमसमेत सँगसँगै लगिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP