बिहिबार , बैसाख ११, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका महत्वपूर्ण निकायले बाटो छाडेको आरोप लगाएका छन् । मंगलबार झापा–काठमाडौं सम्पर्क मञ्चले राजधानीमा गरेको कार्यक्रममा उनले राजनीतिलाई कूबाटोबाट हिँडाउन खोजिएको आरोप लगाए ।

कार्यक्रममा ओलीले सभामुख, निर्वाचन आयोग र अदालतमाथि आक्रोश पोखेका थिए ।

“राजमार्गबाट सभामुख हिँड्न मान्दैन । कान्लाकान्ला, भिरभिर कुद्छ । निर्वाचन आयोग संविधान, कानुनको राजमार्ग छोडेर भित्तातिर ठोकिन जान्छ । सम्मानित अदालतको कुरै नगारौँ । त्यहाँ बसेपछि जे गर्दा नि भयो । त्यही भइराखेको छ,” उनले भने ।

आफूहरूले लोकतन्त्रको चिन्ता गरिरहेको उनले बताए । ओलीले गठबन्धनको गठजोड चुनावमा गएपछि देखिने भन्दै कटाक्ष पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP