
तीन दिनदेखिअबरुद्ध सिद्धार्थ राजमार्गमा सवारीसाधन चल्न थालेकाे छ । सडकमा खसेकाे पहिराे हटाएपछि बाटाे एकतर्फी रूपमा खुलेकाे हाे । तीनदिनअघि पाल्पाको तानसेन–८, तल्लो डुम्रेमा खसेको पहिरोले सिद्धार्थ राजमार्ग अबरूद्ध बनेकाे थियाे ।
तीन वटा घर समेत पुरिने गरी सडकमाथिबाट खसेको पहिरो हटाउन तीन दिन लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । पहिरो ठूलो भएका कारण र वर्षात् नरोकिदा पहिरो हटाउन समय लागेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिनुभयो ।
मङ्गलबार दिउँशोदेखि पानी रोकिएकाले सडकको पहिरो हटाएर एकतर्फी सडक खुलाइएको खत्रीले बताउनुभयो । उहाँका अनुसार सडकमा खसेको पहिरो हटाउन चार वटा डोजर र स्काभेटर प्रयोग गरिएको थियो भने माटो तथा ढुङ्गा बोक्न ट्रिपर समेत प्रयोग गरिएको थियो । बाटाे एकतर्फी रूपमा मात्र खुलेकाले पानी परेपछि समस्या हुन सक्ने भएकाले साबधानी अपनाएर मात्र यात्रा गर्न प्रहरीले अनुराेध गरेकाे छ ।
बाटाे खुलेपछि यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।