शुक्रबार , भाद्र १२, २०८३

तीन दिनदेखिअबरुद्ध सिद्धार्थ राजमार्गमा सवारीसाधन चल्न थालेकाे छ । सडकमा खसेकाे पहिराे हटाएपछि बाटाे एकतर्फी रूपमा खुलेकाे हाे । तीनदिनअघि पाल्पाको तानसेन–८, तल्लो डुम्रेमा खसेको पहिरोले सिद्धार्थ राजमार्ग अबरूद्ध बनेकाे थियाे ।

तीन वटा घर समेत पुरिने गरी सडकमाथिबाट खसेको पहिरो हटाउन तीन दिन लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । पहिरो ठूलो भएका कारण र वर्षात् नरोकिदा पहिरो हटाउन समय लागेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँशोदेखि पानी रोकिएकाले सडकको पहिरो हटाएर एकतर्फी सडक खुलाइएको खत्रीले बताउनुभयो । उहाँका अनुसार सडकमा खसेको पहिरो हटाउन चार वटा डोजर र स्काभेटर प्रयोग गरिएको थियो भने माटो तथा ढुङ्गा बोक्न ट्रिपर समेत प्रयोग गरिएको थियो । बाटाे एकतर्फी रूपमा मात्र खुलेकाले पानी परेपछि समस्या हुन सक्ने भएकाले साबधानी अपनाएर मात्र यात्रा गर्न प्रहरीले अनुराेध गरेकाे छ ।

बाटाे खुलेपछि यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

(source : eranimahal)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP