बुधबार , बैसाख १०, २०८२

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ जना सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।

एमालेबाट निर्वाचित १३ जना सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा एसको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका हुन्।

सुदूरपश्चिममा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का नेकपा एसतिर खुलेका छन्।

त्यस्तै पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद पनि नेकपा एसतिर सनाखत गर्न निर्वाचन आयोगको कार्यालय पुगेका छन्।

यस्तै प्रदेशसभामा एमालेका प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेशसभा सदस्य तारालामा तामाङ, कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले पनि नेकपा एस रोज्ने पक्का भएको छ।

निर्वाचन आयोगले एमाले विभाजनपछि दल रोज्न दिएको भदौ २२ सम्मको म्यादअघि नै सुदूरपश्चिममा दल रोज्न दिइएको हो। एमाले उपाध्यक्ष भीम रावलले तान्न सक्ने खतरा देखेर मंगलबारै उनीहरुलाई निर्वाचन कार्यालय पठाइएको हो।

प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ सांसद छन्। विगतमा त्यहाँ १७ जना माधवकुमार नेपाल र सातजना केपी शर्मा ओलीको पक्षमा थिए।

माधव नेपालतिरका १७ मध्ये १३ जना नेकपा एसतिर खुलेका हुन्। त्यहाँकी आन्तरिक मामिला मन्त्री पूर्णा जोशीले मंगलबार १३ जनाले सनाखत गरेको बताउँदै यो संख्या केही दिनमा अझै बढ्न सक्ने बताएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP