मंगलबार , अषोज २७, २०८३

अमेरिकी इतिहासकै सबैभन्दा लामो युद्ध अन्त्य गर्दै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको छ।

द न्यूयोर्क टाइम्सका अनुसार सोमबार राति अमेरिकी सैनिकको अन्तिम कार्गो जहाजले काबुल विमानस्थल छोडेसँगै सन् २००१ देखि अफगानिस्तानमा सुरू भएको अमेरिकी उपस्थिति अन्त्य भएको हो।

सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्दा झन्डै तीन हजार मानिसको मृत्यु भएको थियो। उक्त आक्रमणका योजनाकार ओसामा विन लादेनलाई तत्कालीन अफगान सरकारले अमेरिकालाई बुझाउन नमानेपछि अमेरिकाले काबुलमा आक्रमण थालेका थियो।

त्यतिबेला पनि काबुलमा तालिबानहरूको सरकार थियो। २० वर्षपछि अमेरिकाले अफगानिस्तान छोड्दा तालिबानहरूले नै काबुलको सत्ता फेरि कब्जा गरेका छन्।

अमेरिकाले यसअघि तालिबानसँग दोहामा गरेको सम्झौतामा अगस्ट ३१ सम्ममा अफगानिस्तान छोडिसक्ने उल्लेख थियो। सोही समय सीमा सकिनु एक दिनअघि अमेरिकी सेना फिर्ता गएको हो।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले अफगानिस्तानमा अमेरिकी सैनिक मिसन सकिएको र आउने समयमा कूटनीतिका माध्यमबाट सम्पर्क निरन्तर जारी राख्ने बताएका छन्।

अमेरिकी सेनाको अन्तिम जहाज काबुलबाट उडेपछि दुई साताअघि सत्ता कब्जा गरेका तालिबानहरूले विजय उत्सव मनाएका छन्।

अमेरिकाले अफगानिस्तान छोडेको खुसियालीमा मध्यरातमा उनीहरूले काबुल सहरका विभिन्न ठाउँमा बन्दुक पड्काएका थिए।

‘अमेरिकाका अन्तिम सैनिकहरू काबुल विमानस्थलबाट गएका छन् र हाम्रो देशले पूर्ण स्वतन्त्रता पाएको छ, अल्लाहलाई धन्यवाद!,’ तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले ट्वीटरमा भनेका छन्।

अमेरिकी सेना फिर्ता गएसँगै अफगानिस्तानमा नयाँ युगको सुरूआत भएको छ। अब तालिबानहरूले नयाँ सरकार गठन गर्ने छन्।

सन् १९९६ देखि २००१ सम्म सत्ता चलाएका तालिबानहरू मुस्लिम कट्टरपन्थी विचारधारामा विश्वास गर्छन्। तालिबानको नयाँ शासनमा महिलाहरूलाई कसरी व्यवहार गरिन्छ भन्ने मुख्य चासोको विषय छ किनभने तालिबानहरू महिलाहरूलाई पढ्न प्रतिबन्ध लगाउँछन् भने बाहिर काम गर्न पनि दिँदैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP