शनिबार , जेठ १८, २०८२

कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री पदमा उठ्ने घोषणा गरेको छु। मेरै वडा र अग्रजहरूका बीचमा गौरवसाथ यो घोषणा गरेको हुँ।’

आफ्नो क्षेत्रबाट सुरु गरेको कामले सफलता पाएको उनले बताए। ‘उम्मेदवारी घोषणाका लागि यो ठाउँभन्दा अर्को पवित्र ठाउँ छैन,’ उनले भने। आफूलाई अग्रज तथा शुभेच्छुकबाट सहयोग मिल्ने अपेक्षा गरेको पनि उनले बताए।

कांग्रेसको १३ औं महाधिवेशनमा पनि उनी महामन्त्री पदमै चुनाव लडेका थिए। त्यतिखेर उनले अर्जुननरसिंह केसी र शशांक कोइरालासँग प्रतिस्पर्धा गरेका थिए। शशांक विजयी भएका भए। उक्त महाधिवेशनमा नेता थापाले कांग्रेसको तेस्रो धार कृष्ण सिटौला समूहबाट चुनाव लडेका थिए।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु