सोमबार , अषोज २६, २०८३

आयोजक नेपालसँग दुई मैत्रिपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आइपुगेको छ । भारतीय राष्ट्रिय टोली नेपाली फुटबल टिमसँग मैत्रिपूर्ण खेल खेल्नका लागि आज नेपाल आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरे । विमानस्थल ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको मैत्रिपूर्ण खेल साफ तयारीका लागि महत्वपूर्ण हुने बताए । दुई सातमात्र अभ्यास गरेर टोली नेपाली टोलीसँगको मैत्रिपूर्ण खेल्न नेपाल आएको बताए ।

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले गत शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको थियो । सोही टोली नेपाल आएको हो । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा गरेका थिए । कठिन परिस्थितिमा पनि निमन्त्रणा स्विकार गरेर नेपाल आएको टोलीले नेपाल बलियो प्रतिद्वन्द्वी भएको प्रतिक्रिया दिए ।भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते प्रतिस्पर्धा गर्दै छ । बन्द रंगशालामा आयोजना हुने प्रतियोगितालाई नेपालले साफ तयारीको रुपमा हेरेको छ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ । सोही प्रतियोगिताका लागि नेपाली टिम पोखरामा बन्द प्रशिक्षणमा रहेको थियो र भारतसँगको दुई मैत्रिपूर्ण खेलपछि नेपाल थप अभ्यासका लागि कतार जाने तालिका रहेको छ । नेपालले छिमेकी देश भारतसँग सन २०१८ को विश्वकप छनोट अन्तर्गत भएको खेलमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेल गोल रहित बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP