बुधबार , बैसाख १०, २०८२

महेन्द्रराजमार्ग अन्तर्गत बर्दघाट दुम्किबास खण्डको बीचमा पर्ने दाउन्ने पहाडमा ठाउँठाउँमा पहिरो जाँदा पूर्व–पश्चिम महेन्द्रराजमार्ग अवरुद्ध भएको छ ।

पहिरो गएको स्थानमा रोकिएका गैंडाकोटका पौडेलका अनुसार दुम्किबास बजारदेखि ३ किलोमिटर पश्चिममा राजमार्गमा पहिरो खसेका कारण ४ बजेबाट यातायात अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार दाउन्नेको खुर्सानी खोला नजिक ठाउँठाउँमा ठूलो पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको छ । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेका सवारीसाधन प्रहरीले दुम्कीबासमा रोकिदिएको छ भने बुटवलबाट नारायणगढतर्फ आउँदै गरेका गाडी बर्दघाटमा रोकिएको छ ।

महेन्द्रराजमार्गको गैंडाकोटस्थित थुम्सीबाट पश्चिम गएका गाडी फेरि दाउन्नेमा अलपत्र परेका छन् । पहिरो हटाउने काम भइरहे पनि दाउन्नेमा पानी परेकाले समस्या भएको प्रहरीको भनाई छ । दाउन्नेको सडकमा बाढीको भल बगेका कारण सडक हिलाम्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP