बुधबार , बैसाख १०, २०८२

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक नरहेको बताएका छन् ।

भारतमा उपचारपछि स्वदेश फर्किने क्रममा उनले पत्रकारसँग बोल्दै ओली नेतृत्वको सरकार बदनाम भएर आफैं ढलेको टिप्पणी गरे ।

खनालले भने, ‘म यहाँबाट जाँदा भारी मनले गएको थिएँ । त्यसबेला एकता आह्वान गरेको थिएँ । यो बीचमा कम्युनिष्ट पार्टीको सरकार ढल्यो । तर, यसमा कुनै गोहीको आँशु बगाउनुपर्ने आवश्इकता छैन । वामपन्थी र लोकतान्त्रिक शक्तिको गठवन्धन सरकार बनेको छ । यसलाई राम्रोसँग चलाउनुपर्छ ।’

खनालले नेकपा एमाले पार्टीका नशा-नशा र अंगअंगमा आफूहरूको पसिना र मेहनत रहेको बताए । अहिले अहंकारी गुटले नेतृत्व कब्जा गरेको र पार्टीमा चिरा परेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP