मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक नरहेको बताएका छन् ।

भारतमा उपचारपछि स्वदेश फर्किने क्रममा उनले पत्रकारसँग बोल्दै ओली नेतृत्वको सरकार बदनाम भएर आफैं ढलेको टिप्पणी गरे ।

खनालले भने, ‘म यहाँबाट जाँदा भारी मनले गएको थिएँ । त्यसबेला एकता आह्वान गरेको थिएँ । यो बीचमा कम्युनिष्ट पार्टीको सरकार ढल्यो । तर, यसमा कुनै गोहीको आँशु बगाउनुपर्ने आवश्इकता छैन । वामपन्थी र लोकतान्त्रिक शक्तिको गठवन्धन सरकार बनेको छ । यसलाई राम्रोसँग चलाउनुपर्छ ।’

खनालले नेकपा एमाले पार्टीका नशा-नशा र अंगअंगमा आफूहरूको पसिना र मेहनत रहेको बताए । अहिले अहंकारी गुटले नेतृत्व कब्जा गरेको र पार्टीमा चिरा परेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP