मंगलबार , अषोज २७, २०८३

अफगानिस्तानको राजधानी काबुलमा नयाँ युद्ध सुरु भएको छ। सोमबार बिहान त्यहाँको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थललाई लक्ष्य गरी पाँचवटा रकेट प्रहार गरिएका छन्।

तर तिनलाई अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएको छ। यो आतंकवादी संगठन आईएसआईएस–केले दिएको जवाफ मानिएको छ, जसविरुद्ध अमेरिकाले दुईपटक ड्रोन हमला गरेको छ। तर अहिलेसम्म रकेट प्रहार कसले गरेको हो भन्ने विषयमा आधिकारिक जानकारी आइसकेको छैन।

यसअघि गत बिहीबार काबुलको विमानस्थलमा खुरासान (आईएसआईएस–के) समूहले बम हमला गरेको थियो। जसमा १३ जना अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भयो, कैयौं घाइतने भएका छन्।

यसपछि अमेरिकाले शुक्रबार राति उक्त समूहलाई लक्ष्य गरी ड्रोन प्रहार गरेको थियो, जसमा परी काबुल विस्फोटका योजनाकार मारिएको अमेरिकाले दाबी गरेको छ। यसैगरी अमेरिकाले आइतबार पनि आत्मघाती आक्रमणकारीलाई ताकेर ड्रोन हमला गरेको जनाएको छ। तर त्यस क्रममा ९ जना सर्वसाधारण मारिएको खबर सार्वजनिक भएको छ।

यसै क्रममा आज बिहान पनि काबुल विमानस्थललाई ताकेर ५ वटा रकेट प्रहार गरिएको थियो। तर त्यसलाई अमेरिकाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले नष्ट पारेको बताइएको छ। अहिलेसम्म यसमा के कति क्षति भयो भन्ने खुलिसकेको छैन।

उक्त रकेटका केही तस्बिर सार्वजनिक भएका छन्। ​रकेट प्रहारका लागि व्यवस्था गरिएको स्थान र साधन :

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP