मंगलबार , असार २३, २०८३

सिड्नी । रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले गृहजिल्लास्थित बुटवलको सिद्धार्थ महिला तथा वाल अस्पताल (आम्दा अस्पताल)लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।अष्ट्रेलियामा रहेका रुपन्देही बासीहरुबाट संकलित रकमले आईसियु कक्षमा भर्ना भई उपचार गरिरहेका विरामीको उपचार सजिलो बनाउने उद्धेश्यसहित पेसेन्ट मोनिटर हस्तान्तरण गरिएको हो ।

२९ अगस्ट आइतवारका दिन अन्लाईनमा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा संयोजक मुक्तिराम पोखरेलले स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमको उद्धेश्यबारे प्रकाश परेका थिए । विरामीहरुको उपचारमा सहज होस् भन्ने उद्धेश्यले ७ लाख ४६ हजार ५० बराबरको ५ वटा मोनिटरहरु प्रदान गरेको संस्थाका कार्यक्रम संयोजक तथा कला साहित्य तथा सांस्कृतिक संयोजक पोख्रेलले जानकारी दिए।उक्त विद्युतीय डिभाइसको सहायताबाट शरीरको तापक्रम, ब्लड प्रेसर, मुटुको धडकन, शरीरमा भएको अक्सिजनको मात्रा इत्यादि नाप्न सकिन्छ ।

आइतवार एक कार्यक्रम विच संजालका प्रतिनिधि कांशीराम काफ्लेले अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद वस्याललाई मोनिटर हस्तान्तरण गरेका थिए ।

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अस्पतालका मेसु डा राजेन्द्र प्रसाद वस्यालले जापानी जनताको सहयोगमा निर्माण भएको अस्पताल अहिले आन्तरिक तथा वाह्य सहयोगबाट संचालनमा रहेको बताए ।उनले मेसिनहरुबाट विरामीको स्वास्थ्य उपचारमा सजिलो हुने विश्वास लिइएको बताए । अष्ट्रेलियामा रहेका नेपालीहरुबाट अस्पतालमा सहयोग पाउदा निकै खुसी लागेको भन्दै धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा संजालका महासचिव दिवाकर काफ्लेले २०१५ मा स्थापना भएको सञ्जालले कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिकाहरुलाई सहयोग, क्यान्सर पीडितलाई सहयोग, भूकम्प पीडितलाई एनआरएनए मार्फत सहयोग, अनाथ आश्रममा फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग, शैक्षिक सामग्री प्रदान गरिएको जानकारी गराएका थिए ।आगामी दिनमा पनि यसप्रकारका सहयोगात्मक सामाजिक कामहरुलाई अझै बढी सक्रिय बनाउने समेत उनले जानकारी दिए ।

संस्थाका अध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा अध्यक्ष पोखरेलले अष्ट्रेलियामा रहेका रुपन्देहीबासी नेपाली विद्यार्थी, व्यावसायी, एवं कर्मचारीहरुबाट एक एक डलर गरी अर्थ संकलन गरी विरामीको उपचारमा सहजता ल्याउन उक्त सामग्री खरिद गरिएको जानकारी गराएका थिए ।

आम्दा अस्पतालका प्रशाससकीय प्रमुख ध्रुव श्रेष्ठको संचालनमा भएको उक्त कार्यक्रममा जुम मार्फत अष्ट्रेलियाबाट सञ्जालका संस्थापक अध्यक्ष राज खनाल, पूर्व अध्यक्ष कृष्ण गैरे, सल्लाहाकार डा प्रकाश पौडेल, उपाध्यक्ष रोशन कोइराला,सदस्य सरोज पान्डे, रन्जिता भन्डारी, एवं पूर्व पदाधिकारी तथा सदस्यहरु जोडिएका थिए । परिवारका प्रतिनिधि, प्राविधिक, स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी, चिकित्सक, एवं पत्रकारहरुको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP