मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल भदौ १४ गते । सोमबार । ईश्वी सन् २०२१ अगष्ट ३० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–अष्टमी, रातको १२ बजेर १५ मिनेट उप्रान्त नवमी । नक्षत्र– कृतिका, बिहान ०६ बजेर ३८ मिनेट उप्रान्त रोहिणी  । योग– व्याघात, बिहान ०८ बजेर ५३ मिनेट उप्रान्त हर्षण । करण– बालव, बिहान ११ बजेर १४ मिनेट उप्रान्त कौलव, रातको १२ बजेर १५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ४८ पला । अष्टमी व्रत,श्रीकृष्ण जन्माष्टमीव्रत, मोहरात्री, मन्वादि, गोरखकाली पूजा, दुर्वाष्टमी,गौरापर्व ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बचन पुरा गर्न नसक्दा आफन्त तथा इष्ट मित्रहरु तपार्ईँदेखि टाडिनु सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुनेछन् भने पछी पश्चाताप हुनेछ । पढाइ  लेखाइमा ध्यान नदिए अरुभन्दा पछी परिनेछ । अरूका लागि समय र श्रम खर्च हुने हुँदा आफ्नो काम थाती रहनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पती तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घरपरिवार तथा आफन्त जनसँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । समय र परिस्थितीको राम्रोसँग अध्ययन गरेर काम कामहरु थालनी गर्नुहोला अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानी फस्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा कमाएको इज्जत प्रतिष्ठा यथा स्थानमा राख्न हम्मे हम्मे पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविष्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । बैक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्वपूर्ण उपलव्धी हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउने तथा गरीरहेको ठाउमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन तथा सम्पती कमाउन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनी ध्यान जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकैनै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धोका हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मायाप्रेम तथा पतिपत्नी विच केहि विषयमा मनमुटाव बढ्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापारबाट मनग्गे फाईदा हुनेयोग रहेकोछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेकोछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुदा मनग्गे धन कमाउँन सकिनेछ । जीवन साथीको सहयोगले महत्वपुर्ण कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न रहनेछ । साँझपख आफन्त तथा दिदि बहिनी सँग मनमुटाब  सिर्जना हुने योग रहेकोछ  ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नोकरीमा प्रतिस्पर्धीहरुलार्ई हराउदै अगाडी बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्वन्धी समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउको भ्रमण गरी रमाउने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा सन्तोषजनक फाइदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अली बढी नै संघर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोरा छोरिबाट तपार्ईँको काममा सहयोग हुने छैन । बौदिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्वन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमा सरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्ने छ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आत्मिय मित्र तथा दाजुभाईहरुको सहयोग पाइने हुँदा मन प्रशन्न हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आय आर्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरु थपिने छन् । माया प्रेममा रमाउन चाहानेहरुका लागी समय राम्रो रहेकोछ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुनेयोग रहेकोछ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाईलो यात्रा हुनेछ । धर्म कर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP