
वि.सं.२०७८ साल भदौ १४ गते । सोमबार । ईश्वी सन् २०२१ अगष्ट ३० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–अष्टमी, रातको १२ बजेर १५ मिनेट उप्रान्त नवमी । नक्षत्र– कृतिका, बिहान ०६ बजेर ३८ मिनेट उप्रान्त रोहिणी । योग– व्याघात, बिहान ०८ बजेर ५३ मिनेट उप्रान्त हर्षण । करण– बालव, बिहान ११ बजेर १४ मिनेट उप्रान्त कौलव, रातको १२ बजेर १५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ४८ पला । अष्टमी व्रत,श्रीकृष्ण जन्माष्टमीव्रत, मोहरात्री, मन्वादि, गोरखकाली पूजा, दुर्वाष्टमी,गौरापर्व ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बचन पुरा गर्न नसक्दा आफन्त तथा इष्ट मित्रहरु तपार्ईँदेखि टाडिनु सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुनेछन् भने पछी पश्चाताप हुनेछ । पढाइ लेखाइमा ध्यान नदिए अरुभन्दा पछी परिनेछ । अरूका लागि समय र श्रम खर्च हुने हुँदा आफ्नो काम थाती रहनेछन् ।