मंगलबार , बैसाख २९, २०८३

बुटवल । फेसबुकको सुरक्षा कमजोरी (बग) पत्ता लगाएर पाल्पाका २५ वर्षिय मनोरथ अर्यालले ६ लाख भन्दाबढी पुरस्कार प्राप्त गरेका छन् । अर्यालले बग पत्ता लगाएर ५ हजार २ सय ५० डलर प्राप्त गरेका छन् ।

फेसबुकले ५ हजार अमेरिकी डलर रिवार्डसहित त्यसको ५ प्रतिशत बोनस पनि दिएको थियो । उनले फेसबुकमा पेजलाई मेन्सन गर्दा पोष्ट पब्लिस नहुँदै मेन्सन गरेको पेजमा नोटिफिकेसन जाने समस्या पत्ता लगाएका थिए ।

उनले सन् २०२० को डिसेम्बरमा यो बग पत्ता लगाएका थिए । ‘मैले अरू व्यक्तिहरूको सामाजिक सञ्जाल व्यवस्थापन गरिरहेको हुन्छु,’ अर्यालले भने, ‘कहिलेकाँही आफ्नो पेजलाई मेन्सन गर्दा पनि त्यो समस्या देखें । २(३ पटक नै यस्तो समस्या देखेपछि डिसेम्बर २४ मा मैले रिपोर्ट गरेको हुँ ।’ उनले उक्त बगको बारे फेसबुकलाई रिपोर्ट गरेपछि फेसबुकले थप अनुसन्धानका लागि केही समय लिएको थियो । त्यसपछि उनले उक्त समस्याको भिडियो पनि फेसबुकलाई पठाएका थिए ।

‘बिचमा केही समय ग्याप भएको थियो । जुलाईमा मैले उक्त केसलाई पुनः खोलें,’ उनले भने, ‘अगस्ट १५ उताबाट रिपोर्ट समाधान भयो भनेर म्यासेज आयो । त्यसपछि अगस्ट १७ उनले तपाईको बग समाधान भएछ अहिले मेरोमा देखिएन भनेर रिपोर्ट गरें । त्यसपछि अगस्ट १९ मा फेसबुकले रिवार्ड दिएको हो ।’

अर्याल पुराखबरका आइटी इन्चार्ज पनि हुन् । र पुराखबर परिवार उनलाइ बधाई दिन चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP