बुधबार , अषोज २८, २०८३

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाएका छन्।

अध्यक्ष दाहालले अध्यक्ष र प्रधानमन्त्री आधा–आधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर आफूमाथि ओलीले ठगी गरेको टिप्पणी गरेका हुन्।

वाईसिएल नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उनले ओलीले जाली तमसुक गरेर प्रधानमन्त्री पद पड्काएपछि आफू हेरेको हेर्‍यै भएको दुःखेसो पोखे।

उनले भने, ‘अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा सही गरियो। त्यहाँ भन्दा के चाहियो? हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो। तर त्यो पछि त खाली प्रधानमन्त्री प्राप्तिका लागि ठगी धन्दा रहेछ त्यो त। हामीले चाँही उनको ठगी धन्दा तमसुकमा सही गरेपछि त भयो भनि ठान्यौँ। तमसुक हेरेर बसियो, विचरा उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे।’

अध्यक्ष दाहालले ओलीसँग गठबन्धन गरेर के पायौँ ? भनेर आफूमाथि सत्तारुढ दल भित्रैबाट प्रश्न आउने गरेको गुनासो पनि गरे।

उनले सत्तारुढ गठबन्धनलाई कमजोर बनाउने कसरत भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि पार्टीको युवा संगठन वाईसिएलका नेता, कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष दाहालले भने, ‘प्रतिक्रियावादी शक्तिहरुले कुनै पनि रुपमा यो गठबन्धनलाई कमजोर पार्ने, यो परिवर्तनलाई उल्टयाउने र कहीँ न कहीँ पूरातनपन्थतिर मुलुकलाई फर्काउने कसरत गरिरहेका छन्। त्यसलाई रोक्नका लागि तपाईं युवाहरुप्रति पार्टीको ठूलो भरोसा छ।’

अध्यक्ष दाहालले युवाहरु नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै हरेक कमिटीमा उनीहरुको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP