मंगलबार , अषोज २७, २०८३

राजनीतिक संकटमा फसेको अफगानिस्तानबाट शनिबार थप ८ जना नेपालीको उद्धार गरिएको छ । उद्धारका लागि ४२ जना नेपालीहरु काबुल विमानस्थल नजिकै राखिएकोमा ती मध्ये ८ जनालाई अफगानिस्तानबाट बाहिर निकालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको छ। उद्धार हुनेक्रममा थप ८ जना नेपाली नागरिकहरू काबुलबाट प्रस्थान हुनु भएको छ।’ उनीहरुलाई उद्धार गरेर कहाँ पुर्याइयो भन्ने विषयमा भने परराष्ट्रले केही खुलाएको छैन ।

मंगलबार परराष्ट्र मन्त्रालयले काबुल विमानस्थल नजिकै ४२ जना नेपालीलाई उद्धारका लागि राखिएको जनाएको थियो । विहीबार काबुल विमानस्थल बाहिर दुईवटा आत्मघाति बम विस्फोट भएपछि उनीहरुको उद्धारमा समस्या भएको थियो । काबुल आक्रमणमा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा १७० जनाको मृत्यु भएको छ । नेपालीहरु पनि उद्धारका लागि विमानस्थल नजिकै रहेका बेला सो आत्मघाति आक्रमण भएको थियो ।

परराष्ट्र मन्त्रालयले काबुलमै थप ३४ जना नेपालीहरु उद्धारको पर्खाइमा रहेको जनाएको छ । परराष्ट्रले भनेको छ, ‘काबुलमा उद्धार उडानको पर्खाइमा रहनु भएका ३४ जना नेपाली नागरिकहरुलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाँउमा स्थानान्तरण गरिएको छ । उहाँहरुलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ ।’

यसैबीच शनिबार काबुल विमानस्थलमा गोली चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विमानस्थलको मुख्य गेटमा गोली चलेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP