शनिबार , बैसाख ६, २०८२

आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको टेस्टमा भारतले इंग्ल्याण्डसँग लज्जास्पद हार व्यहोरेको छ ।

तेस्रो टेस्टको चौथो दिन भारत घरेलु टोली इंग्ल्याण्डसँग एक पारि र ७६ रनले पराजित भएको हो ।

योसँगै पाँच टेस्टको श्रृंखलामा इंग्ल्याण्डले सिरिज एक एकको बराबरीमा ल्याएको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्टमा भारत १५१  रनले विजयी भएको थियो ।

पहिलो पारिमा जम्मा ७८ रनमा समेटिएको भारतले दोस्रो पारिमा २७८ रन मात्रै बनाउन सक्यो । इंग्ल्याण्डले पहिलो पारिमा ४३२ रन बनाएको थियो । पहिलो पारिमा ३५४ रनले पछि परेको भारतले दोस्र्रो पारिमा सोही स्कोर पनि बराबरी गर्न नसक्दा एक इनिङ र ७६ रनको हार  भोग्न पुग्यो ।

भारतका लागि दोस्रो पारिमा भारतका चेतेश्वर पुजाराले सर्वाधिक ९१ रन बनाउँदा रोहित शर्माले ५९ रनको योगदान गरेका थिए । यसैगरी विराट कोहलीले ५५ रन जोड्दा रविन्द्र जडेजाको ब्याटबाट ३० रन बनेको थियो ।

भारतलाई रोक्ने क्रममा इंग्ल्याण्डका ओले रविन्सनले सर्वाधिक ५ विकेट लिँदा केरिग ओभरटनले तीन विकेट लिए । जेम्स एन्डरसन र मोइन अलिको नाममा एक एक विकेट रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP