नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गरेका छन्।
नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरू पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको घोषणा समेत गरे।आफ्नो पार्टी निकट पेशागत महासंघ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको पटकपटक दोहोर्याए।
अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको तर्क समेत गरे।
कुप्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झूट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
उनले भने, ‘खाली कूप्रचारबाहेक केही पनि छैन। यस्ता झूटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस्। उनीहरूको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो। मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो। यस्ता प्रवृत्ति भएका मान्छेहरू इमान्दार, क्रान्तिकारी कम्युनिष्ट हुन सक्छन् ?’