शनिबार , भाद्र १३, २०८३

अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ ।

ड्रोन आक्रमणमा आइएसका एक सदस्य मारिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन् । मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १७० भन्दा बढीको ज्यान जाने गरि भएको आक्रमणका योजनाकार रहेको दाबी छ ।

नानगहार प्रान्तमा भएको सो आक्रमणमा आइएस–के समूहका योजनाकारलाई निशाना बनाइएको उल्लेख छ ।

काबुल विमानस्थलको गेटमा बिहीबार भएको आत्मघाती बम आक्रमणको जिम्मा आइएस–के ले थिएको थियो ।

अहिलेसम्मको जानकारी अनुसार ड्रोन आक्रमणमा सर्वसाधारणलाई कुन क्षति नभएको अमेरिकाले बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको आदेशमा आइएस–के समूहका योजनाकारलाई लक्षित गरि ड्रोन आक्रमण भएको जनाइएको छ । तस्बिर : एएफपी

राष्ट्रपति जो बाइडेनको स्वीकृतिपछि आइएस–के का योजनाकारलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ ।

अमेरिकाको केन्द्रीय कमाण्डले जारी गरेको वक्तव्यमा निशानामै आक्रमण भएको र योजनाकार मारिएको दाबी छ ।

यसैबिच काबुलस्थित अमेरिकी दूतावासले सुरक्षा सचेतना जारी गर्दै काबुल विमानस्थलको गेट आसपासमा रहेका आफ्ना नागरिकसहितलाई तत्काल सुरक्षित स्थानमा जान भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP