बुधबार , अषोज २८, २०८३

एमालेको समानान्तर कमिटी सञ्चालन गर्दै आएको नेपाल पक्षको रूपन्देही जिल्ला कमिटीले सर्वसम्मतरुपमा माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरित हुने निर्णय गरेको छ।

रूपन्देहीको बुटवलमा सम्पन्न समानान्तर कमिटीको बैठकले सिङ्गो कमिटी नेकपा (एकिकृत समाजवादी) मा रूपान्तरित हुने निर्णय गरेको हो।

समानान्तर कमिटीका अध्यक्ष राजु गुरूङको अध्यक्षतामा बसेको बैठकमा सहभागी सदस्यले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेका छन्।

सहभागी सदस्यहरुले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न र राष्ट्रियता जोगाउन सर्वसम्मतरुपमा एकिकृत समाजवादी पार्टीमा रुपान्तरित हुने बैठकले निर्णय गरेको साविक एमाले रुपन्देही जिल्ला कमिटीका अध्यक्ष राजु गुरुङले जानकारी दिए।

बैठकमा साविक एमाले उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सिद्धार्थनगर नगरपालिकाकी उप मेयर उमा काफ्लेलगायतले क्रान्तिकारी रुपान्तरणका लागि एकीकृत समाजवादीमा समाहित हुनुको विकल्प नभएको बताएका थिए।

सिद्धार्थ नगरपालिकाका नगर प्रमुख हरि अधिकार र तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले कार्यव्यस्तताका कारण उपस्थित हुन नसके पनि आफूहरुको समर्थन नेकपा (एकिकत समाजवादी)मा रहेको सन्देश उपलब्ध भएको अध्यक्ष  गुरुङले दाबी गरे। एमाले पार्टी विभाजनमा रुपन्देहीका अधिकांस वडा अध्यक्षहरु एकीकृत समाजवादीमा आउने तयार रहेको अध्यक्ष गुरूङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP