मंगलबार , अषोज २७, २०८३

नेपाल फर्किन काबुल विमानस्थलमा जम्मा भएका ४२ जना नेपाली नागरिकहरू बिहीवार साँझ आत्मघाती विस्फोटन भएपछि सुरक्षित स्थानमा बसिरहेको अधिकारीहरूले बताएका छन्।

आफगानिस्तान पनि हेर्ने नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका एक अधिकारीले एक-दुई दिनभित्रै ती नेपाली नागरिकहरूको समूहलाई स्वदेश फर्काउन विभिन्न स्तरमा कूटनीतिक पहल भइरहेको जानकारी दिए।

हालसम्म अफगानिस्तानबाट उद्धार गरिएका करिब ८०० जना नेपाल फर्किएका छन्।

त्यहाँ झन्डै १५ सय नेपाली रहेको तथ्याङ्क आफूसँग भएको सरकारी भनाइ छ।

सरकारका अनुसार उद्धार भई दोहा, दुबई, लन्डन र नयाँदिल्लीजस्ता गन्तव्यमा हाल रहेका भनिएका नेपालीको स्पष्ट सङ्ख्या थाहा हुन नसकेको जनाएको छ।

विमानस्थल गएका नेपाली अहिले कहाँ छन्?

नयाँदिल्लीस्थित नेपाली राजदूतावासका डेप्यूटी चीफ अफ मिशन रामप्रसाद सुवेदीले विमानस्थलमा बिहीवार स्वदेश फर्कन जम्मा भएका ४२ जना अहिले अर्को सुरक्षित स्थानमा सँगसँगै बसिरहेको जानकारी दिए।

उनले भने, “उहाँहरू नेपाल आउनका लागि विमानस्थलसम्म पुग्नुभएको थियो तर त्यो सम्भव भएन। र त्यहाँबाट फेरि फर्किएर एउटा गुरुद्वारामा हुनुहुन्छ। खानपिन गर्ने, बस्ने सबै व्यवस्था छ र सुरक्षित हुनुहुन्छ।”काबुल विमानस्थल

उनले बिहीवार काबुल विमानस्थलमा भएको विस्फोटनलाई आफूहरूले गम्भीरतापूर्वक लिएको जानकारी दिँदै सकेसम्म चाँडो उद्धार प्रक्रिया अघि बढाउन प्रयास गरिरहेको जानकारी दिए।

“हामीले उहाँहरूलाई शान्त रहन र पर्खन भनेका छौँ। हाम्रो प्रयास जारी छ। उहाँहरूलाई सकभर आजभोलिमै उद्धार गर्न हामीले विभिन्न साझेदारहरूसँग, राष्ट्रसङ्घीय निकायहरूसँग र सैनिक विमानहरूको प्रयोग गरिरहेका दुईपक्षीय सम्बन्ध भएका मित्रराष्ट्रहरूसँग कुराकानी गरिरहेका छौँ।”

ती नेपालीहरूको समूह बिहीवार अफगानिस्तानबाट बाहिरिने उद्देश्यसहित काबुल विमानस्थलमा पुगेको थियो। तर उडानको अवसर नपाएपछि फर्किएको थियो।

सुवेदीका अनुसार उक्त समूहमा रहेका कतिपय व्यक्तिहरू गैरकानुनी बाटो हुँदै अफगानिस्तान पुगेका थिए।

उनीहरू विभिन्न सहरमा रहे पनि पछि एक ठाउँमा भेला भएको जानकारी दिँदै सुवेदीले सो समूहसँग नियमित सम्पर्क भइरहेको जनकारी दिए।

काबुल विमानस्थलमा भएको दुईवटा बम विस्फोटनमा कम्तीमा १३ अमेरिकी सैनिकसहित ९० जनाको मृत्यु भएको थियो।

उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट खोरासान नामक समूहले लिएको छ।काबुल विमानस्थल

यो समाचार बिबिसी नेपाल मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP