मंगलबार , बैसाख २९, २०८३

दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको नेकपा एमाले आइतबार अदालत जाने भएको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ पार्टी दर्ताको प्रमाणपत्र दिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको थियो ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिवसमेत रहेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

‘केन्द्रीय कमिटी बैठकले निर्णय गरिसकेको छ । उक्त निर्णयअनुसार आवश्यक तयारी भइरहेको छ, सम्भवत हामी आइतबार निवेदन दर्ता गर्छौ’, तामाङको भनाइ छ ।

तामाङले शुक्रबार नै अदालत जानेगरी काम गरेपनि नसकिएको बताए । ‘हामी त सकेसम्म आजै जाने तयारीमा थियौ, तर अलिकति तयारी पुगेन, कार्यालय समय सकियो’, नेता तामाङले भने, ‘अव आइतबार पर्खनुपर्ने बाध्यता छ ।’

एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जतिसक्दो चाँडो अदालत जानेगरी आन्तरिक तयारी भैरहेको बताए । ‘हाम्रा कानुन व्यवसायीहरूसँग छलफल भइरहेको छ । यहि दिन भन्ने छैन तर जतिसक्दो चाँडो नै जान्छौ’, नेम्वाङको भनाइ छ । एमाले निर्वाचन विभाग प्रमुख अग्नि खरेलले पनि रिट निवेदन दर्ताका लागि आवश्यक तयारी र छलफल भैरहेकाले प्रक्रियाका कामहरु सकेर अदालत जाने जानकारी दिए ।

एमालेले गत भदौ १ मा पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधि सभा सांसदलाई पदमुक्तको निर्णय गरेको थियो । तिनै कारवाही गरेका १४ सहित ३० सांसद र ५५ केन्द्रीय सदस्यहरुको सनाखतलाई मान्यता दिएर आयोगले भदौ ९ गते बुधबार नेकपा (एकीकृत समाजवादी) नामक पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो ।

माधव नेपाल नेतृत्वको उक्त पार्टीलाई आयोगले राजनीतिक दलको मान्यता दिएको भोलिपल्ट बसेको एमाले केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगविरूद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP