
ह्यारी केनको दुई गोलको मद्दतले पाकोस डे फेरेरालाई हराउँदै टोटनहम हटस्पर्स युरोपा कन्फरेन्स लिगको समूह चरणमा छनोट भएको छ । पहिलो लेगमा ब्यहोरेको १–० को हार उल्टाउँदै दोस्रो लेगमा स्पर्सले ३–० को जीत हासिल गर्यो । समग्रमा ३–१ ले विजयी बन्दै स्पर्सले प्रतियोगितामा स्थान बनाउन सफल भएको हो ।