सोमबार , अषोज २६, २०८३

ह्यारी केनको दुई गोलको मद्दतले पाकोस डे फेरेरालाई हराउँदै टोटनहम हटस्पर्स युरोपा कन्फरेन्स लिगको समूह चरणमा छनोट भएको छ । पहिलो लेगमा ब्यहोरेको १–० को हार उल्टाउँदै दोस्रो लेगमा स्पर्सले ३–० को जीत हासिल गर्यो । समग्रमा ३–१ ले विजयी बन्दै स्पर्सले प्रतियोगितामा स्थान बनाउन सफल भएको हो ।

गत मे २३ पछि पहिलोपटक स्पर्सका लागि खेलको शुरुवात गरिरहेका केनले खेलको नवौँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफमा पाकोस डे फेरेराले आत्मघाती गोल गरेपछि स्पर्सको जीत सुनिश्चित बनेको थियो ।

सिजनको शुरुवातमा केन क्लब छाडेर जाने चर्चा चलेपनि अब उनी स्पर्समा रहने भएका छन् । स्पर्सका म्यानेजर नुनो एस्पीरितो सान्तोले केन क्लबप्रति प्रतिबद्ध रहेको र अब सबैले पुरानो कुरालाई बिर्सेर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP