आइतबार , जेठ २६, २०८२

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन् ।

पेन्टागनले मारिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि गरेको छ । विस्फोटमा ११ अमेरिकी मरिन र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन् । सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो हमला हो । सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृत्यु भएको थियो ।

पश्चिमा सरकारले विमानस्थलमा इस्लामिक स्टेटको अफगानिस्तान ब्रान्च आईएस–केले हमला गर्न सक्ने चेतावनी आफ्ना नागरिक जारी गरेको केही घण्टापछि नै विमानस्थलमा विस्फोट भएको थियो । स्थानीय समअनुसार साँझ ६ बजे विमानस्थलसँगै रहेको बारोन होटलको नजिकै पहिलो विस्फोट भएको थियो । उक्त होटलमा बेलायती अधिकारीहरुले बेलायत जान चाहने अफगानीहरुको कागजी प्रक्रियाका लागि प्रयोग गरिरहेका थिए ।

त्यसलगत्तै गोलीबारी शुरु भएको थियो भने विमानस्थलको मुख्य द्वारमध्ये एक एबे गेट नजिकै दोस्रो विस्फोट भएको थियो । यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल घटनाका दोषीमाथि बदला लिने चेतावनी दिएका छन् । ‘हामी माफी दिने छैनौ । हामी बिर्सने छैनौँ । हामी तिमीहरुलाई खोजेर यसको मूल्य चुकाउन लगाउने छौँ,’ उनले भने । उनले यस्ता आतंकवादी हमलाबाट अमेरिका विचलित नहुने र उद्धारको कामलाई जारी राख्ने पनि स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP