यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ। सोका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकामा प्राप्त आवेदनमा मूल्याङ्कन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए।

उनका अनुसार विभागले दुई वर्ष पहिले करिब १० लाख कार्ड खरिद गरेपछि यो वर्ष खरिद प्रक्रिया अघि बढाएको हो। अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै बाँकी छ। ठेक्का सम्झौता भएपछि तीन महिना भित्रमा कार्ड ल्याउने उनले बताए।

अहिले खरिद भएको कार्ड डेढ वर्षलाई पुग्ने अनुमान गरिएको छ। विभागले गत चैतदेखि असोज मसान्तसम्ममा करिब १० लाख चालक अनुमतिपत्र छपाइ गरेको थियो। अब सेवाग्रहीले कार्ड पाउन सहज हुने अपेक्षा गरिएको छ।

सरकारले गत चैतमा कोभिड-१९ को नियन्त्रणका लागि लकडाउन गरेपछि यातायात कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP